सवम्यारिन ल्याण्डिङ स्टेशन निर्माण हुँदै, इन्टरनेटको शुल्क घट्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट व्याण्डविथलाई सस्तो, सुलभ र भरपर्दो पार्ने भएको छ । जसका लागि प्राधिकरणले ३० करोड रुपैयाँ खर्चेर ‘सबम्यारिन ल्याण्डिङ स्टेशन’ निर्माण गर्न लागेको छ ।
स्टेशनमार्फत नेपालको आफ्नै कनेक्टिभिटी समुद्रसम्म हुनेछ । हाल नेपालमा भारत र चीनको बाटो हुँदै विभिन्न नाकाबाट नेपालमा इन्टरनेट ब्याण्डविथ भित्रिने गरको छ । जसमा भारतीय कम्पनी एयरटेल र टाटासँग ठूलो मात्रामा इन्टरनेट खरिद गरिरहेको छ ।
सिफीलगायत थुप्रै कम्पनीको इण्टरनेट ब्याण्डविथ पनि नेपालले आयात गर्छ । चीनबाट भने नेपाल टेलिकमले चाइना टेलिकमसँग इन्टरनेट किनिरहेको छ । अलिबाबा र बाइडुजस्ता कम्पनीबाट पनि मर्कण्टायल र वल्र्डलिंकले कमैमात्र भए पनि इन्टरनेट खपत गरेको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
नेपालले आयात गर्ने इन्टरनेटका लागि आवश्यक कनेक्टिभिटी प्रत्यक्ष समुद्रसम्म नपुगेका कारण महँगो मूल्य तिरेर छिमेकी देशबाट इन्टरनेट आयात गर्नु पर्ने बाध्यतालाई चिर्न यो आयोजना अघि बढाउन लागिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।
उक्त योजनाका लागि परामर्शदाता छनोटमा ६ करोड रुपैयाँ र कार्यसम्पन्न भएपछि २४ करोड रुपैयाँ भुक्तानी गर्ने योजना रहेको छ ।भूपेरिवेष्ठित मुलुकले आईटीयूको प्रावधानका आधारमा समुद्रसम्म अप्टिकल फाइबर केबल बिछ्याउन सक्ने अधिकार प्रदान गरेको छ ।
जसअनुसार नेपालले समुद्रसम्म आफ्नै अप्टिकल फाइबर बिछ्याउन सरल र नजिकको दूरी भारत भएकाले त्यतैबाट ल्याउने योजना बनाएको छ । यसपछि नेपालले आयात गर्ने ब्याण्डविथ भारतीय र चिनियाँ कम्पनीको नभई आफ्नै केवलमार्फत आउने जनाइएको छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया