नेकपाका संस्थापक महासचिव पुष्पलालको ४३ औं स्मृति दिवस आज, एमालेले दिउँसो विशेष कार्यक्रम गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज । कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रम गरी उनको योगदानको चर्चा गर्दैछन् ।
दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो। २००६ साल वैशाख १० गते उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।
नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेको थिए । पूर्वी पहाडी जिल्ला रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालको भारत प्रवासमै रहेको अवस्थामा २०३५ साल साउन ७ गते निधन भएको थियो । उनको अस्तुलाई नेपाल ल्याएर विभिन्न स्थानमा सेलाइएको थियो ।
पुष्पलालले आफ्नो सम्पूर्ण जीवन अभाव, कठिनाइ र प्रवास बसाइका बीच पनि कम्युनिस्ट आन्दोलनको विकास, नेपाली समाजको सामाजिक, आर्थिक, सांस्कृतिक विषयमा गहन ढङ्गले अध्ययन र विश्लेषणमा खर्चिएको इतिहास छ ।
विसं २०१७ साल पुस १ गते राजा महेन्द्रले निरङ्कुश पञ्चायती व्यवस्था लागू गरेपछि पुष्पलालले गुमेको जनअधिकार प्राप्तिका लागि लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर नै निरङ्कुशतालाई परास्त गर्न सकिन्छ भन्ने संयुक्त जनआन्दोलनको अवधारणा अगाडि सारेका थिए ।
जसको मार्गदर्शनबाट नै मुलुकले ठूलाठूला राजनीतिक परिवर्तन सम्भव भएका थिए ।
पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमालेले ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
दिउँसो १ बजे हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित हुने एमाले केन्द्रीय कायाृलयका सचिव शेरबहादुरद तामाङले जानकारी दिए ।

















देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की
विद्रोहपछि बङ्गलादेश को पहिलो चुनावमा बिएनपीको जितको दाबी
प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया