मन्त्रिपरिषद् विस्तार हुन अझै कम्तिमा एक साता लाग्ने
‘पावर शेयरिङ’बारे अझै औपचारिक छलफल नै भएन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्रिपरिषद् विस्तार नगर्ने भएका छन् ।
बुढानीलकण्ठ स्रोतले सत्ता गठबन्धनबीच मन्त्रालय भागवण्डा टुंगिन बाँकी रहेकाले अझै एक साता मन्त्रिपरिषद् विस्तार नहुने जानकारी दियो । ‘सत्ता गठबन्धनबीच पावर शेयरिङ टुंगिएको छैन । पावर शेयरिङ टुंगिन एक साता लाग्छ,’ बालुवाटार स्रोतले भने ।
अहिलेसम्म प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह सरकारमा सहभागी हुने/नहुने एकिन भएको छैन ।
स्रोतले नेता नेपालले आफूहरूलाई नयाँ पार्टी बनाउन कानुनी प्रावधान खुकुलो बनाइदिएर नयाँ पार्टी बन्न सक्ने अवस्थामा सरकारमा सहभागी हुन सक्ने संकेत दिएका छन् ।
त्यसका लागि राजनीतिक दलसम्बन्धी ऐन २०७३ संशोधन गर्न देउवाले अन्य सत्ता गठबन्धन दलका शीर्ष नेतासँग अनौपचारिक कुराकानी गरिरहेका छन् ।
अहिले दल विभाजन गर्न पार्टी केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत पुर्याउनु पर्छ । अब दुवैमा ३० प्रतिशत मात्रै पुर्याए पुग्ने गरी ऐन संशोधन गर्न लागिएको स्रोतले बतायो । त्यो प्रक्रिया सुरु गर्न देउवाले सम्बन्धित निकायलाई निर्देशन दिएको पनि स्रोतको दाबी छ ।
दलीय हैसियत पाउनेगरी ऐन संशोधनको व्यवस्था गरिदिन बुधबार मात्रै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि बालुवाटार पुगेर देउवालाई आग्रह गरेका थिए ।
पहिला दलमा बहुमत भएको ठाकुर समूह अहिले जसपामा दल र केन्द्रीय कार्यकारिणी समिति दुवैमा अल्पमतमा मात्रै परेको छैन, ४० प्रतिशत पनि पुर्याउन सक्ने हैसियतमा छैन ।
प्रधानमन्त्री देउवा निकट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले ‘पावर शेयरिङ’बारे औपचारिक वार्ता नै नभएकाले तत्काल मन्त्रिपरिषद् विस्तार नहुने जानकारी दिए ।
उनले भने, ‘पावर शेयरिङको कुरा औपचारिक रुपमा सुरु नै भएको छैन । अझै त्यो टुंगिन एक साता लाग्छ । त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तारबारे छलफल हुन्छ ।’
असार २९ गते संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले त्यसैदिन नेपाली कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाण र कानून न्याय तथा संसदीय मामिलामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गरेका थिए ।
त्यसैगरी माओवादीबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिंचाइँमन्त्रीमा पम्फा भुसाललाई नियुक्त गरेका थिए ।
तीन साउनमा प्रतिनिधि सभाबाट विश्वासको मत लिएका देउवाले आफूलाई विश्वासको मत दिने सबै दललाई सरकारमा सहभागी बनाउन चाहेका छन् ।
अझ देउवाले त सर्वदलीय सरकारको प्रस्ताव पनि गरेका छन् । देउवाको त्यो प्रस्ताव एमालेको अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहले मान्ने सम्भावना नरहेकाले अन्य दललाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने देउवाको तयारी छ ।
अहिलेसम्म अनौपचारिक छलफल भएपनि औपचारिक रुपमा सत्तामा पावर शेयरिङबारे कुरा भएको छैन ।










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया