कांग्रेसमा मिति परिवर्तन नहुने गरी कार्य तालिका संशोधन
मेरोन्यूज
२०७८ साउन ८ गते १२:५७

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनको मिति परिवर्तन नहुने गरी कार्य तालिका संशोधन गर्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले धर्नामा बसेका नेता तथा कार्यकर्ताको माग सम्बोधनका विषयमा विकल्पसहितको प्रस्ताव ल्याउन सभापति देउवाले आग्रह गरेको जानकारी दिए । बुढानीलकण्ठमा कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो ।
बैठकले पार्टीको क्रियाशील छानबिन समितिलाई सदस्यता टुंगो लगाउने समय १० गतेसम्म थप गरिदिएको छ । शनिबार बिहान ९ बजे बस्ने गरी आजको बैठक सकिएको उनले जानकारी दिए ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया