लापरबाही गर्ने मुटुरोग विशेषज्ञ खत्रीमाथि कारबाही
एक वर्षसम्म मुटुरोग विज्ञको हैसियतमा काम गर्न नपाउने

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले उपचारका क्रममा लापरबाही गरेको ठहर गर्दै एक चिकित्सकलाई कारबाही गरेको छ। मुटुरोग विशेषज्ञ डा. ऋषि खत्रीलाई काउन्सिलले कारबाही गरेको हो ।
नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन राकेश जंगबहादुर राणा गत २०७७ साल ९ मंसिरमा मलेसियाको उडानका लागि तयारी गर्दै गर्दा अचानक असहज महसुस भएपछि ह्याम्स अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएको भोलिपल्ट उनको निधन भएको थियो ।
राणाको निधनपश्चात उनकी श्रीमती पुष्पा राणाले स्वास्थ्य जाँचमा लापरबाही गरेको भन्दै ४ चैत २०७७ मा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा छानबिन गर्दा डा. खत्रीले स्वास्थ्य जाँच र उपचारका क्रममा गलत गरेको प्रमाणित भएपछि करबाही गरिएको काउन्सिलले जनाएको छ ।
डा. खत्रीले क्याप्टेन राणाको मुटु परीक्षणका क्रममा टिएमटीलगायतका सबै परीक्षणको रिपोर्ट ठिक भएको बताएका थिए । तर, रिपोर्ट ठिक छ भने पनि क्याप्टेन राणा नियमित काममा जाने क्रममा हृदयाघात भएको थियो ।
डा. खत्रीलाई सूचना जारी भएको मितिले एक वर्षसम्म मुटुरोग विज्ञको हैसियतमा काम गर्न नदिने, एक वर्ष तालिम र थप सिकाई गरेको प्रमाण पेश गरेपश्चात मात्रै मुटुरोगको उपचार गर्न गराउन अनुमति दिने काउन्सिलका रजिष्ट्रारद्वारा जारी गरेको पत्रमा भनिएको छ । काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीका अनुसार डा. खत्रीलाई कारबाही गरिएको मृतकको परिवारलाई पत्रमार्फत जानकारी दिइएको छ ।
















यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया