गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार (नामावलीसहित)

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले मुख्यमन्त्रीमा नियुक्त भएको महिना दिनपछि बल्ल शुक्रवार मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन् । मुख्यमन्त्री पोखरेलले यस अगाडी आफु सहित ५ जनाले सपथ लिएपनि वाकी ६ ओटा मन्त्रालय सत्ता गठवन्धनकै विवादका कारण मिलाउन र मन्त्रीपरिषद् विस्तार गर्न सकिरहेका थिएनन ।
आज उनले कांग्रेसका ३ र माओवादी केन्द्रका ३ जनालाई मन्त्रीमा थपेर मन्त्रिमण्डललाई पूर्णता दिएका हुन् । उनीहरुको सपथ आजै गराईएको छ ।
सरकारमै रहेको जनता समाजवादी पार्टीले भने नयाा थप भएका मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम वहिष्कार गरेको छ । उसको एक जना हरिशरण आचार्य अहिले सरकारमा छ । मुख्यमन्त्री पोखरेलले २ ओटा मन्त्रालय दिने भनी गरेको सहमति कार्यान्वयन नगरेको कारण जनाउँदै जसपाले नयाँ मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम वहिष्कार गरेको हो ।
११ सदस्यीय मन्त्रिमण्डलमा कांग्रेसले मुख्यमन्त्रीसहित ५, माओवादी केन्द्रले ४, जसपाले १ र स्वतन्त्र दिपक मनाङेले एक मन्त्रालय लिने गरी भागबण्डा मिलेको हो ।
कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको शपथ लिएका छन्। यस्तै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्माले शपथ लिएका छन् ।
माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक चर्ती मगरले वन, वातावरण तथा भू-संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यव्स्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिएका छन् । यस्तै, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् ।
६० सदस्यीय प्रदेश सभामा संविधानअनुसार गण्डकीमा १२ मन्त्रालय बनाउन सकिए पनि ११ मन्त्रालय मात्रै राख्ने गरी तयारी भएको छ ।










दुई महिनामा सात अर्ब ३६ करोडको मालवस्तु आयात
काभ्रेमा थपिए पाँच हजार मतदाता
सामाजिक सञ्जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
काठमान्डु गोर्खाजले टस जित्यो, पहिले ब्याटिङ गर्दै जनकपुर
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया