बालुवाटारमा सत्ता गठवन्धन कार्यदलको वैठक शुरु

काठमाडौं । सत्ता गठवन्धन दलमा रहेका काग्रेस, माओवादी केन्द्र, जसपाका नेताहरुको कार्यदलस्तरको वैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । सरकार सञ्चालनमा सहजीकरणका लागि गसत्ता गठवन्धन दलहरुले साझा कार्यक्रम, नीति, लगायतका विषय टुग्गो लगाई शीर्ष नेतालाई सुझाव दिन काग्रेस महामन्त्री पूर्णवहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरिएको थियो ।
कार्यदलमा काग्रेसवाट खडका सहित मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन तथा जसपाको उपेन्द्र वावुराम पक्षबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव छन् ।
एमालेकै माधव नेपाल समुहका पनि प्रतिनिधित्व गराउने गरी शुरुमा भीम रावलको नाम समावेश गरिएपनि पछि रावल ओलीतिर लचिलो हुन थालेपछि नेपालले उनको नाम पठाएका छैनन ।
कार्यदलको पहिलो औपचारिक वैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुरु भएको काग्रेस नेता रमेश लेखकले जानकारी दिए । यस अगाडी कार्यदलमा रहेका नेताहरुका वीचमा एक दुई चरण अनौपचारिक छलफल भने भईसकेको छ ।
यो कार्यदलले सरकार सञ्चालनको साझा नीति तथा कार्यक्रम, मन्त्रालय बाँडफाँट र राजनीतिक नियुक्तिमा मापदण्ड बनाएर सरकारलाई राय सुझाव दिने कार्यादेश तोकिएको छ ।
कांग्रेसका सभापति शेरवहादुर देउवा नेतृत्वको अहिलेको सरकारलाई काग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समुह, जसपाको उपेन्द्र वावुराम समुह र राष्टिय जनमोर्चाको साथ छ ।
विश्वासको मत लिने वेलामा जसपाकै महन्थ ठाकुर पक्षले पनि साथ दिएको थियो ।
्









प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस
यूक्रेन–रूस द्वन्द्वः मस्को विमानस्थलहरू प्रभावित, यात्रु पर्खाइमा
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
प्रधानमन्त्री र राष्ट्रपतिबिच भेटवार्ता
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
चलचित्र परानले गर्यो करिब १७ करोडको व्यापार, अरुको कति ?
प्रतिक्रिया