कांग्रेस महाधिवेशन : सदस्यता छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाउने

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन प्रयोजनार्थ गठित क्रियाशील सदस्यता छानबिन समितिले ‘सदस्यता छानबिन प्रतिवेदन’ मंलबार बुझाउने भएको छ । आज शनिबार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी पूर्वपदाधिकारी बैठकमा छानबिन समितिका संयोजक रमेश लेखकले आफूले मंगलबारसम्म क्रियाशील सदस्यता प्रतिवेदन बुझाउने जानकारी गराएका हुन् ।
पदाधिकारी पूर्वपदाधिकारी बैठकमा छानबिन समितिका संयोजक लेखकले छानबिन प्रतिवेदन बुझाउन दुई दिन समय मागेको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । ‘क्रियाशील सदस्यता छानबिन समितिले दुई÷तीन दिनमा प्रतिवेदन बुझाउने जानकारी गराएको छ,’ महामन्त्री खड्काले भने ।
बैठकमा पार्टी अधिवेशन, क्रियाशील सदस्यता, निर्वाचन समितिसँग छलफलबारे कुराकानी भएको महामन्त्री खड्काले जानकारी दिए ।
छानबिन समितिले क्रियाशील सदस्यतासम्बन्धी फाइल बुझाएपछि पार्टीको निर्वाचन समितिसँगको परामर्शमा नयाँ वडा र अन्य अधिवेशनको कार्यलालिका सार्वजनिक गरिने महामन्त्री खड्काले जानकारी दिए ।
















विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
सरकारको प्रवक्तामा शिक्षामन्त्री पोखरेल
एसइईको तयारी पूरा : जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण
पूजापाठ गरेर बालुवाटार सरे बालेन
स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया