चीनको हेनान प्रान्तमा बाढी ५६ व्यक्तिको मृत्यु

हेनान । मध्य चीनको हेनान प्रान्तमा शुक्रबारसम्म भएको व्यापक वर्षापछिको बाढी तथा डसबानका कारण कम्तीमा ५६ व्यक्तिको मृत्यु भएको छ । सो प्रकोपपछि चार लाख ९५ हजार व्यक्तिलाई अस्थायी रूपमा अन्य सुरक्षितथलमा लगिएको ग्लोबल टाइम्सले प्रान्तीय सरकारलाई उद्धृत गर्दै समाचार लेखेको छ ।
पिपुल्स लिबरेशन आर्मी (पीएलए) केन्द्रीय थिएटर कमान्डले २५ हजार सैनिक, सशस्त्र प्रहरीलाई हेनानको लागि पठाएको छ । ती सुरक्षा अधिकारी बाढीमा फसेका मानिसहरुलाई सुरक्षित रुपमा उद्धारको गर्नको लागि पठाइएको हो । चीन राज्य बाढी नियन्त्रणको लागि राहत मुख्यालयले पानीको स्रोत, आपतकालिन व्यवस्थापन र स्वास्थ्य मन्त्रालयहरूको एक टोली शुक्रवार सिन्सिआङ्ग बाढीको असरे निरीक्षण गर्न समन्वय गरेको छ ।
गएको साताको अन्तदेखि मुसलधारे वर्षाले हेनान प्रान्तलाई सताएको छ । प्रान्तीय राजधानी झेङझाओमा १२ करोड व्यक्ति प्रभावित भएका छन् । झेङझाओको मौसम विभागले यस वर्षाको स्तरलाई एक हजार वर्षपछि आएको विपत्ति भनी वर्णन गरेको छ ।
















बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन
हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन
PM Karki insists development works should not affect religious belief, cultural heritages
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
प्रतिक्रिया