नेपाली फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा

काठमाडौं । नेपाली फुबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा गरेका छन् । उनले नेपाली फुटबलको मुख्य प्रशिक्षकको जिम्मेवारी २०७७ चैत २२ देखि सम्हाल्दै आएका थिए । कुवेतका हुन् उनी । यसअघिका प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कप उपाधि जिताए यता उनले निरन्तरता पाएनन् । अब ४० वर्षीय अल्मुटाइरीले कम्तीमा एक वर्षका लागि नेपाली टिम हेर्ने बताईएको थियो । तर उनले पाँच महिनाकै वीचमा राजीनामाको घोषणा गरेका हुन् ।
अखिल नेपाल फुटवल संघका उपाध्यक्ष पंकज विक्रम नेम्वाङसँगको टसलका कारण राजीनामा दिएको बताईएको छ । उनले राजीनामा दिएको घोषणा गरेको समाजिक सन्जालमै आफनो राजीनामाले पंकज नेम्वाङ खुसी भएको हुनुपर्छ भनेर समेत लेखेका छन् । उनले सामाजिक सन्जालवाट राजीनामा दिएको घोषणा गरेका छन् ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० र एसियाली ले राष्ट्रिय टिमका प्रशिक्षक हुन प्रो–लाइसेन्स अनिवार्य गरेपछि अल्मुटाइरीको नेपाली फुटबलमा प्रवेश भएको थियो ।
उनी कतार फुटबल संघसँगको सहकार्यमा नेपाल आएका थिए । उनको पारिश्रमिक कतारी फुटबल संघले बेहोर्ने र नेपाल बसाइको खर्च भने अखिल नेपाल फुटबल संघ (एन्फा) को हुने गरी सम्झौता भएको थियो ।



















संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया