श्रीमतीको हत्या गर्ने ७५ वर्षीय वृद्ध पक्राउ
मेरोन्यूज
२०७८ साउन १० गते २१:२२
काठमाडौँ । दाङको शान्तिनगर गाउँपालिका ४ बस्ने ७५ वर्षीय मोहनलाल न्यौपानेलाई श्रीमतीको हत्या गरेको अभियोगमा आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादका कारण न्यौपानेले श्रीमती ६९ वर्षीया भगवती न्यौपानेलाई शुक्रबार दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएकी थिइन् । उनको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चिराघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















लागूऔषधसहित दुई जना पक्राउ
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया