ओलम्पिकमा जापानी दाजु–बहिनीले बनाए दुर्लभ कीर्तिमान

काठमाडौँ । जापानमा भइरहेको टोकियो ओलम्पिकमा २०२१ आयोजक राष्ट्र जापानका एकै परिवारका दाजु—बहिनीले जुडो खेलमा स्वर्ण पदक जितेर इतिहास रचेका छन् । उनीहरूले एकै ओलम्पिकमा एकै दिन, एउटै खेलमा स्वर्ण पदक जित्ने दुर्लभ कीर्तिमान बनाएका हुन् ।
२१ वर्षीय आवे उताले ५२ केजी मुनीको तौल समूहमा स्वर्ण जितेको केही समयपछि २३ वर्षीय दाजु आवे हिफुमीले ६६ केजी मुनीको तौल समूहमा स्वर्ण जित्न सफल भएका हुन् ।
निप्पोन बुदोकानमा आइतबार राति उताले युरोपियन च्याम्पियन फ्रान्सकी एमादिन बुचालाई गोल्डेन स्कोर ४ मिनेट २७ सेकेण्डमा इपपोन अंकमा पराजित गर्दै स्वर्ण जित्न सफल भएकी थिइन् ।
हिफुमीले जर्जियाका भाझा मार्ग भेलासभिलीलाई वाजा रीको आधारमा पराजित गर्दै स्वर्ण जितेका हुन् । उता यो तौल समूहमा स्वर्ण जित्ने पहिलो युवा खेलाडी बनिन् ।
हिफुमी यो तौल समूहमा सन् २००८ को बेइजिङ ओलम्पिकपछि स्वर्ण जित्ने खेलाडी बने । हिफुमीले सन् २०१७ पछि स्वर्ण जितेका हुन् ।


















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
बाँकेमा एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया