अस्थिर प्रदेश प्रमुख
ओली सरकारले नियुक्त गरेको प्रदेश प्रमुख हटाइए, गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्त
गण्डकीमा पृथ्वीमानसिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचन नयाँ प्रदेश प्रमुख, तीन वर्ष आठ महिनामै चार पटक फेरिए प्रदेश प्रमुख
काठमाडौ। सरकार परिवर्तन भएसँगै प्रदेशका प्रमुखहरु पनि आफु अनुकुल नियुक्ति गर्ने परम्परा संघीय सरकारको नेतृत्व सम्हालेका राजनीतिक दलका नेताहरुले बसालेका छन् । तर यो अस्थिर राजनीतिक सोचको परिणाम हो । प्रधानमन्त्री शेरवहादुर देउवाले सरकारको नेतृत्व सम्हाल्न आएको १५ दिनमै दुई ओटा प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्तिको सिफारिस गरेक
कांग्रेस सभापति शेरवहादुर देउवाले लुम्विनी र गण्डकीको प्रदेश प्रमुखमा यस अगाडीको केपी ओली सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाएर नयँ प्रदेश प्रमुख नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को निर्णयका आधारमा प्रधानमन्त्री देउवाको सिफारिसका आधारमा राष्टपति विद्यादेवी भण्डारीले मंगलवार साँझ संविधानको धारा १६३को उपधारा २ अनुसार नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छिन् ।
सरकारले ओली सरकारले नियुक्त गरेका गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई हटाएको हो । पौडेल र यादवलाई हटाएसँगै लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमानसिंह गुरुङलाई नियुक्तिको सरकारले गरेको सिफारिसका आधारमा राष्टपतिले नियुक्त गरेकी हुन् ।
संविधानअनुसार प्रदेश प्रमुखको पदावधि राष्ट्रपतिले पदमुक्त गरेबाहेक ५ वर्ष हुने उल्लेख छ । तर, सरकारले प्रदेश प्रमुखको निर्धारित कार्यकालभन्दा अगावै चार पटकसम्म फेरबदल गरिसकेको छ । सरकारले आफु अनुकुल हुने गरि प्रदेश प्रमुखहरु पटक पटक परिवर्तन गरेर अस्थिर बनाएको छ ।
प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज लाई पनि फेर्ने तयारीमा सरकार पुगेको छ । तर मंगलवार त्यो निर्णय भने भएको छैन ।
माओवादी केन्द्रसँगको पार्टी एकता भत्केपछि र प्रचण्डसँगको विवाद चरमोत्कर्षमा पुगेपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीले सिफारिस गरेका प्रदेश प्रमुखलाई हटाउँदै ८ महिना अगाडी मात्रै यी प्रदेश प्रमुखहरु नियुक्त गरेका थिए । तर यी प्रदेश प्रमुखले नियुक्तिको आधा वर्ष पनि पूरा नगदै पद गुमाउनु परेको छ ।
यो सँगै तीन वर्ष आठ महिनामै प्रदेश प्रमुख चार पटकसम्म फेरिएका छन् ।
ओली जस्तै आफनो अनुकुल निर्णय गराउन या अन्य राजनीतिक दलसँगको असमझदारी वढेपछि उनीहरुको सिफारिसमा प्रदेश प्रमुख पदलाइृ समेत अस्थिर बनाउने गरी बर्खास्त गर्ने क्रममा देउवाले पनि त्यही वाटो पछ्याएका छन् । उनले एमालेकै माधव नेपाल समुहको भागमा समेत एउटा प्रदेश प्रमुख नियुक्तिको भागवन्डा लगाएका छन् । जसपालाई पनि एउटा प्रदेश प्रमुखको नियुक्ति भागवन्डा लगाउने गरी देउवाले तयारी गरेको खुलेको छ ।
तीन महिना अघि गण्डकी प्रदेश प्रमुखबाट अमिक शेरचनलाई ओली सरकारले बर्खास्त गरेको थियो । उनैलाई अहिले देउवा सरकारले लुम्निी प्रदेश प्रमुख नियुक्त गरेको हो । माओवादी केन्द्रले उनलाइृ गण्डकी प्रदेशमै सिफारिस गरेको थियो । तर संविधानको धारा १६३(४) अनुसार एकै ब्यीक्त एउटै प्रदेशमा एक पटक भन्दा वढी समय प्रदेश प्रमुख नियुक्त हुन नपाउने ब्यवस्थाका कारण शेरचनलाई मन्त्रीपरिषद्ले लुम्बिनीमा सिफारिस गरेको हो ।
संघीयतालाई नै कमजोर बनाउने गरी सरकारको नेतृतवमा आएकाहरुले गलत परिपाटी बसालेका कारण बारम्वार प्रदेश प्रमुख फेरिने रोगलाई कानुनविदहरुले भने स्वभाविक मानेका छैनन ।
२०७२ मा संविधान जारी भएसँगै ०७४ मंसिरमा पहिलो पटक प्रदेशसभा सदस्यको निर्वाचन भएको हो । चुनावपछि संघीय संरचना अनुरुप प्रदेश प्रमुखको अभ्यास कार्यान्वयन गर्ने क्रममा काग्रेसका सभापति देउवा नै सरकारको नेतृत्वमा थिए । देउवा नेतृत्वको सरकारले नै शुरुमा ३ माघ ०७४ मा पहिलोपटक ७ वटै प्रदेशमा प्रमुखहरू नियुक्ति गरेको थियो ।
तर पछि एमाले र माओवादी गठवनधनको सरकार निर्माण भएपछि केपी ओली सरकारले सात ओटै प्रदेश प्रमुखलाई हटाएर आफु हनुकुलको भागवन्डाका आधारमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो । पछि माओवादी र एमाले विवाद आएर प्रदेश सरकार हलचल हुन थालेपछि त्यसमा आफु अनुकुलको प्रदेश प्रमुख लैजाने गलत नजिर सरकारको नेतृत्वमा वसेकाले बनाए ।
त्यही क्रममा ओलीले माओवादीको सिफारिसमा प्रदेश प्रमुख बनेका तिलक परियार, अमिक शेरचन, शर्मिला त्रिपाठी लगायतलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्ति गरेका थिए ।
अहिले फेरि देउवा आएपछि ओलीले नियुक्त गरेका प्रदेश प्रमुख हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्न थालेका छन् । त्यसको सुरुआत गण्डकी र लुम्विनी प्रदेश प्रमुख फेरेर सुरुआत गरिसकेका छन् ।
प्रतिक्रिया