उखु किसानले भने- भदौ ५ गतेसम्म भुक्तानी नभए आन्दोलन गर्छौं
काठमाडौं । उखु किसानहरुले भदौ ५ गतेसम्म चिनी मिलबाट भुक्तानी नपाए आन्दोलन गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ र उखु किसानहरुले विगतमा भएको सहमति अनुसार आफ्नो बक्यौता भुक्तानी नपाए आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
उखु किसान संघर्ष समिति र नेपाल सरकार उद्योग मन्त्रालयबीच गत पौष १३ गते पाँचबुँदे सहमति भएको थियो । सहमतिमा २१ दिनभित्र उखु किसानहरुको बाँकी बक्यौता उद्योग मन्त्रालयले भुक्तानी गराउन जिम्मेवारी लिएको थियो । तर सहमति अनुसार रकम भुक्तानी नभएको संघर्ष समितिले बताएको छ । उद्योग मन्त्रालयले किसानहरुको भुक्तानी गराउ नसकेको भन्दै समितिले सरकारको निरीहताको सीमा नाघेको बताएको छ । मनत्रालयले उद्योगीहरुको जायजथा विक्री गरेर किसानहरुको भुक्तानी गर्ने जिम्मा लिएको थियो ।
संघर्ष समितिले दबाव दिएपछि किसानहरुबाट निवदेन लिन सुरु गरेपनि भुक्तानी कसरी र कहिले गर्नै भन्ने समयसीमा तोकेको छैन । किसानहरुको रेकर्ड संकलन गरी भुक्तानी गराउने दायित्वबाट पनि सरकार भाग्न खोजेको किसानहरुले बताएका छन् ।
उद्योग मन्त्रालय र उखु किसातहरुबीच भएको सम्झौताअनुसार ६५ करोड रुपैयाँ तुरुत्तै भुक्तानी गराइने भनिए पनि सर्लाहीको अन्नपूर्ण चिनी मिल, महालक्ष्मी सुगर मिल, नवलपरासीको लुम्विनी चिनी कारखाना, इन्दिरा सुगर मिल र रौतहटको श्रीराम सुगर मिलसहित सरकारले कबुल गरेको रकममध्येबाट भुक्तानी हुन वाँकी रहेको समितिले जनाएको छ ।
भदौ ५ गतेसम्म सम्पूर्ण भुक्तानी नभए पुनः आन्दोलन गर्ने किसानहरुले बताएका छन्
प्रतिक्रिया