जसपाद्वारा लुम्बिनी प्रदेशसभाका तीन सांसद निष्कासित

बुटवल । जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशसभाका ३ जना सदस्यलाई निष्कासन गरेको छ । बिहीबार जसपाले सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निश्कासन गरेको प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ ।
पार्टीले लगाएको ह्वीप उल्लंघन गरेको भन्दै उनीहरुलाई सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो । जसपाले उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको थियो । उक्त स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदिएकाले राजनीति दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको प्रदेशसभा सचिवालयमा दर्ता गरेको कारबाही पत्रमा उल्लेका गरिएको छ ।
पार्टी निर्णय विपरीत जसपाका चार सांसद प्रदेश सरकारमा सहभागी भएका थिए । तीमध्ये सुमन शर्मा रायमाझीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको प्रदेश सभा सचिवालयलाई जानकारी गराएकी थिइन् । निष्कासित तीनै सांसद जसपा महन्थ ठाकुर पक्षका सांसद हुन् । उनीहरुलाई उपेन्द्र यादव पक्षले कारबाही गरेको हो ।

















छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट
इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया