नेपाली सेनामा क्रमभंग गर्ने प्रभुराम शर्मा को हुन् ?
के–के छन् चुनौती ?

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापती पुर्ण चन्द्र थापाले आफ्नो कार्यकालको १ हजार दिन पुगेको अवसरमा २३ जेठमा पत्रकार सम्मेलनमा गर्दै नेतृत्व हस्तान्तरण थालेको घोषणा गरेका थिए । थापाले आफु पछिको नेपाली सेनाको कमाण्ड बालाधिकृत रथी प्रभुराम शर्माले गर्ने बताएका थिए । थापाको सिफारिसमा नै बालाधिकृत रथी शर्मालाई २६ साउनदेखि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय सरकारले गरिसकेको छ ।
१२ साउन (मंगलबार) मा बसेको मन्त्रिपरिषद्को बैठकले बालाधिकृत रथी प्रभुराम शर्मालाई २६ साउनदेखि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । युद्ध कार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका शर्मा नेपाली सेनाको ४४ औं प्रधानसेनापतिका रुपमा नेतृत्व लिँदैछन् । शर्मा नेपाली सेनाको इतिहासमा पहिलो पटक ब्राह्मण समुदायबाट प्रधानसेनापति हुन लागेका हुन् ।
ऐनअनुसार सेनाप्रमुखको तीन वर्षे पदावधि पूरा गरेर प्रधानसेनापति थापा २४ भदौमा अनिवार्य निवृत्त हुनेछन् । आगामी २६ साउनमा प्रधानसेनापति पूर्णचन्द्र थापाबाट औपचारिक रुपमै उनका उत्तराधिकारीमा हस्तान्तरण हुँदैछ । निवृत्त हुनु एक महिनाअघिबाट प्रधानसेनापति बिदामा बस्ने प्रचलन छ । थापा बिदामा बसेपछि प्रभुरामले सेनाको कमाण्ड सम्हाल्ने भएका हुन् ।
को हुन् प्रभुराम शर्मा ?
शर्मा नेपाली सेनाभित्र भलादमी र मिलनसार जर्नेलका रुपमा परिचित छन् । उनको जन्म २०२० पुस २१ मा काठमाडौँमा भएको हो । शर्मा पूरानो गोरख गणबाट सैनिक अधिकृतका रुपमा सेना प्रवेश गरेका थिए । ३७ वर्ष लामो सैनिक सेवामा उनले गुल्म, गण, बाहिनी र पृतनामा काम गरेका छन् । जंगीअड्डामा सैनिक सचिव, भर्ना छनौट, नीति तथा योजना, सह–बलाध्यक्ष, युद्धकार्य, सम्भाररथी, बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालेको अनुभवले उनलाई परिपक्व बनाएको छ । त्यसैगरी, पृतनापतिका रुपमा भने उनले हेटौडमा कमाण्ड सम्हालेका थिए ।
२० बेसिकका सैनिक अधिकृत शर्मा अमेरिकाको नियर इस्ट साउथ एसिया सेन्टर (नेसा) र एसिया प्यासिफिक सेन्टर फर सेक्युरिटी स्टडिज (एपीसीएसएस)ले संचालन गरेको विभिन्न सेमिनार र कोर्समा सहभागी भएका छन् । त्यसका साथै थाइल्याण्ड तथा पाकिस्तानबाट उनले प्रतिरक्षा सम्बन्धी तालिमसमेत हासिल गरेका छन् । उनी बंगलादेशका सैन्य सहचारी समेत थिए ।
उनि पुर्णचन्द्र थापा जस्ता पब्लिक फिगर त होईनन् तर उनलाइ ‘म्यान इन एक्सन’ टाईपको व्यक्तिका रुपमा मानिन्छ । उनले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका छन् भने भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) को तालिम र अमेरिकामा पनि सैन्य शिक्षा हासिल गरेका अधिकारी हुन् । उनी सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित भइसकेका छन् ।
उनि आफ्ना सहकर्मीहरुसँग घुलमिल हुने र सिपाहीहरुसँग समेत सौहार्दरुपमा प्रस्तुत हुने स्वभावको रहेको एक सैनिक अधिकारीले जानकारी दिए । सरल स्वभाव भएका शर्मा वौद्धिक हिसावले पनि अब्बल मानिन्छ । शर्माले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका क्रममा पूर्वी टिमोरमा गुल्म र कंगोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गरेका छन् ।
शर्मा भारतमा भएको नेपाल भारत द्विपक्षीय सल्लाहकार समूहको भेलामा समेत सहभागी भएका थिए । उनले सेनापतिमा नियुक्त हुनुभन्दा पहिला नै सेनामा बनाएको टिमले भावि सेनापति शर्माले केही राम्रो काम गर्न सक्छन् भन्ने आशा गर्न सकिन्छ ।

के-के छन् चुनौती ?
मिसन २०३० को भिजन लिएर अगाडी बढेका हालका प्रधानसेनापति थापाको कार्यकालमा केही सवल पक्षहरु भएता पनि उनी विवादमा नतानिएका भने होइनन् । कोरोना भाइरस विरुद्धको खोप खरिदमा हात हालेको नेपाली सेना विवादमा तानिएको थियो । तर नेपाली सेनाले पछि खोप खरिद प्रक्रियाबाट हात झिकेको थियो । साथै तात्कालिन रक्षामन्त्रीसँगको चुलिदो विवादका कारण समेत नेपाली सेना विवादमा तानिएको थियो । सेनासँगको विवादकै कारण तत्कालिन रक्षामन्त्री इश्वर पोखरेललको जिम्मेवारी अन्यत्र सरेको थियो । जसका कारण शर्माका अगाडि बदलिएको परिस्थितीमा राजनीतिक नेतृत्वसंगको सम्बन्ध समधुर बनाएर अगाडि बढाउनुपर्ने चुनौती छ ।
काठमाडौं-तराई् मधेश द्रुतमार्गमा प्रधानसेनापति थापाले आफ्ना नातेदारको दबावमा प्रतिस्पर्धा बिना नै चिनियां कम्पनीलाई ठेक्का दिएको आरोप छ । द्रुतमार्गमा थापाले राम्रो फाइदा लिएको बताइन्छ । यद्यपि यस विषयमा पुष्टि भने भएको छैन । थापाले आफ्नो कार्यकालमा द्रुतमार्ग परियोजना पूरा गर्ने घोषणा गरेपनि खासै उपलब्धी हासिल गर्न सकेनन् । विवादमा रहेको राष्ट्रिय गौरवको परियोजनालाई शर्माले कसरी अगाढी बढाउछन् ? जनचासोको विषय बनेको छ ।
सैनिक संगठनभित्र सुशासनका नाममा सेनापतिले गरेका जथाभावी कारवाहीले सेनाभित्र काम गर्ने वातावरण बिग्रिएको छ । त्यसले सेनाको आन्तरिक एकतामा समेत असर पुग्ने काम भएको सेनाकै केही अधिकारीहरुले बताउदै आएका छन् । सेनाभित्र विग्रिएको काम गर्ने वातावरणलाई शर्माले कसरी नियन्त्रणमा ल्याउँछन् भन्ने विषयप्रति समेत सबैको चासो रहेको छ ।
त्यसका साथै सेनामा यतिबेला धेरैपछि पूरै संगठनको पुर्नसंरचना भएको छ । त्यसमा ठूलो टिमवर्कको आवश्यकता पर्नेछ । जनशक्ति र पूर्वाधार व्यवस्थापन गर्ने मुख्य चुनौती नयां प्रधानसेनापति शर्मालाई छ । तर, पुरानो गोरख गण पृष्ठभूमी भएका शर्मालाई भूपुहरुबाट भने पूरै सहयोग हुने अपेक्षा गरिएको छ । उनलाई अवकासप्राप्त धेरै प्रधानसेनापतिहरुको साथ हुने सेनाका एक जर्नेलले बताए । यसले पनि उनलाई काम गर्न सजिलो हुने देखिन्छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले पदावधि थप्न खोजेको चर्चा चलेपनि अन्तिममा उनले समयभन्दा केही पहिला नै सेनाका बलाधिकृत रथी प्रभुराम शर्माको नाम प्रधानसेनापतिमा सिफारिस गरे । यसले सेनामा एउटा राम्रो परम्पराको सुरुवात समेत भएको छ भने थापामाथि लागेका आरोपसमेत खारेज गरेको छ ।
यसअघि सेनामा शर्मालाई रोक्न अनेक खेल भने नभएका होइनन् । तर, अन्तिममा प्रधानसेनापति थापाले उनलाई नै प्रधानसेनापतिमा सिफारिस गरेर सेनापतिको नियुक्तिलाई विवादरहित बनाए । शर्मा उपरथी हुंदा समेत उनको पदावधि थप गरिएको थियो । त्यो बेला पनि उनलाई रोक्न प्रयास भएका थिए ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
प्रतिक्रिया