नेप्सेमा १५.११ अंकले गिरावट

काठमाडौं । नेप्सेले लगातार उचाई लिँदै गर्दा लगानीकर्ताहरु समूहगत स्टक बढाउने र घटाउने तिर लागेका छन् ।
नेपाल राष्ट्र बैंकको असल कर्जामा थप शून्य दशमलव ३ प्रतिशत प्रोभिजन दिने भएपनि बुधबार १५ दशमलब ३ अंकले उकालो लागेका नेप्से बिहिबार १५ दशमलब ११ अंकले गिरावट भएको छ ।
जसले गर्दा बजार परिसुचकमा सन्तुलन देखिएको छ । साताको अन्तिम कारोबारमा होटेल तथा टुरिजम र विकास बैंक बाहेकका सबै समुहगत उप–सूचक घटेका छन् । बिहीबार फाइनान्स समुहको उप सूचक सबैभन्दा धेरै १ दशमलब ९६ प्रतिशतले घटेको छ ।
रिडी हाइड्रोको शेयर मूल्य सबैभन्दा धेरै ९ दशमलब ९५ प्रतिशत, जीवन विकास लघुवित्तको शेयर मूल्य ८ दशमलब २२ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ७ दशमलब ६५ प्रतिशतले तथा युनाईटेड इदी मर्दी हाइड्रोको शेयर मूल्य ७ दशमलब ५५ प्रतिशतले बढेको छ ।
गुडविल फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ७ दशमलब ३३ प्रतिशतले, माउन्टेन हाइड्रोको शेयर मूल्य ६ दशमलब १७ प्रतिशतले , जानकी फाइनान्सको शेयर मूल्य ५ दशमलब ५ प्रतिशतले, र जोशी हाइड्रोको शेयर मूल्य ३ दशमलब ७३ प्रतिशतले घटेको छ ।
कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार परिसुचक अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ४९ प्रतिशतले घटेर ३ हजार ८९ दशमलब ८३ बिन्दुमा पुगेको छ । कूल २ सय १७ कम्पनीको १ लाख ६ हजार ६ सय ८२ कारोबारबाट १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँ बराबरका २ करोड ४० हजार ३२ कित्ता शेयर किनबेच भएको स्टक एक्सेञ्जले जनाएको छ ।
जसमध्ये १ सय २२ कम्पनीको शेयर मूल्य घटेको छ भने २२ कम्पनीको मूल्य बढेको छ ।









एनपीएलमा आज दुई खेल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
आजका लागि विदेशी मुद्राको विनिमयदर
आज मंसिर १२ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया