नेप्सेमा १५.११ अंकले गिरावट

काठमाडौं । नेप्सेले लगातार उचाई लिँदै गर्दा लगानीकर्ताहरु समूहगत स्टक बढाउने र घटाउने तिर लागेका छन् ।
नेपाल राष्ट्र बैंकको असल कर्जामा थप शून्य दशमलव ३ प्रतिशत प्रोभिजन दिने भएपनि बुधबार १५ दशमलब ३ अंकले उकालो लागेका नेप्से बिहिबार १५ दशमलब ११ अंकले गिरावट भएको छ ।
जसले गर्दा बजार परिसुचकमा सन्तुलन देखिएको छ । साताको अन्तिम कारोबारमा होटेल तथा टुरिजम र विकास बैंक बाहेकका सबै समुहगत उप–सूचक घटेका छन् । बिहीबार फाइनान्स समुहको उप सूचक सबैभन्दा धेरै १ दशमलब ९६ प्रतिशतले घटेको छ ।
रिडी हाइड्रोको शेयर मूल्य सबैभन्दा धेरै ९ दशमलब ९५ प्रतिशत, जीवन विकास लघुवित्तको शेयर मूल्य ८ दशमलब २२ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ७ दशमलब ६५ प्रतिशतले तथा युनाईटेड इदी मर्दी हाइड्रोको शेयर मूल्य ७ दशमलब ५५ प्रतिशतले बढेको छ ।
गुडविल फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ७ दशमलब ३३ प्रतिशतले, माउन्टेन हाइड्रोको शेयर मूल्य ६ दशमलब १७ प्रतिशतले , जानकी फाइनान्सको शेयर मूल्य ५ दशमलब ५ प्रतिशतले, र जोशी हाइड्रोको शेयर मूल्य ३ दशमलब ७३ प्रतिशतले घटेको छ ।
कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार परिसुचक अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ४९ प्रतिशतले घटेर ३ हजार ८९ दशमलब ८३ बिन्दुमा पुगेको छ । कूल २ सय १७ कम्पनीको १ लाख ६ हजार ६ सय ८२ कारोबारबाट १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँ बराबरका २ करोड ४० हजार ३२ कित्ता शेयर किनबेच भएको स्टक एक्सेञ्जले जनाएको छ ।
जसमध्ये १ सय २२ कम्पनीको शेयर मूल्य घटेको छ भने २२ कम्पनीको मूल्य बढेको छ ।









सीटीईभीटीको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान
काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज
निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै
कस्ताे रहला आजको मौसम ?
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
एनपीएल : ४ टोली च्याम्पियन बन्ने दौडमा
जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
प्रतिक्रिया