न्यूनस्तरको खाद्यवस्तु विक्रि गर्ने विरुद्ध मुद्दा दर्ता

काठमाडौं । न्यूनस्तर तथा दूषित खाद्यवस्तुको उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा १०० व्यक्तिका नाममा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दर्ता भएका छन् ।
मानव स्वास्थ्यमा हानि पु¥याउने मासु, पानी, दुग्धजन्य पदार्थको उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा कम्पनीका लगानी कर्ता तथा बिक्रेताका नाममा ती मुद्दा दर्ता भएका हुन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पु¥याउने गरी उक्त वस्तुको उत्पादन तथा बिक्रीवितरण गरेको अभियोगमा खाद्य ऐन (तेस्रो संशोधन) -२०४९ अनुसार कानूनी कारवाही होस् भन्दै सम्बन्धित निकायमा मुद्दा दर्ता गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज आयोजन गरेको कार्यक्रममा विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले अभियोग प्रमाणित भएमा पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्मा जरिवाना वा दुवै सजाय हुनसक्ने बताए ।
















बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
प्रतिक्रिया