सिटिजन्स बैंकले १४ प्रतिशतभन्दा बढी लाभांश बाँड्ने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले गत आर्थिक वर्षको लाभाम्सद्धारा शेयरधनीलाई १४ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्नसक्ने देखिएको छ ।
गत आर्थिक वर्ष २०७७÷७८ का लागि बैंकको कुल वितरणयोग्य मुनाफा १ अर्ब ८० करोड ६१ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्तापूँजी १२ अर्ब ५७ करोड रुपैयाँ रहेको सिटिजन्स बैंकले जनाएको छ । जसअनुसार बैंकले आफ्नो शेयरधनीलाई १४ दशमलब ३६ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने देखिएको हो ।
बैंकको खूद नाफा ३३ दशमलब ४ प्रतिशतले बढेर १ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा खूद नाफा १ अर्ब १९ करोडमा सीमित थियो ।
यस्तै, अघिल्लो वर्षको चौथो त्रैमाससम्म २ अर्ब ८८ करोडमा सीमित खूद ब्याज आम्दानी बढाएर यो वर्ष ३ अर्ब ६० करोडको उचाई चुमाएको छ । यसरी खूद ब्याज आम्दानीतर्फ बैंकले २५ दशमलब ८ प्रतिशतको फड्को मारेको छ ।
बैंकले चौथो त्रैमासिकमा निक्षेप संकलन ५८ दशमलब ९२ र कर्जा लगानी ५० दशमलब १३ प्रतिशतले बढाएको छ । बैंकले समीक्षा अवधिमा १ खर्ब ४३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब बढी कर्जा परिचालन गरेको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि पटक–पटक लगाइएको लकडाउनको प्रभाव बैंकको कर्जातर्फ देखिएको छ । जसको फलस्वरुप अघिल्लो वर्ष १ दशमलब ५५ प्रतिशत मात्र रहेको खराब कर्जाको अनुपात केही बढी २ दशमलब ७७ प्रतिशत पुगेको छ ।

















यस्ताे छ आजकाे माैसम पूर्वानुमान
इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
चुनावको मुखमा सिंगापुर उडे पूर्वसभापति देउवा
सुनचाँदीको मूल्य बढ्यो
प्रतिक्रिया