नेपाललाई चीनले थप १६ लाख डोज खोप अनुदान दिँदै
मेरोन्यूज
२०७८ साउन १५ गते १३:५७
काठमाडौँ । नेपाललाई चीन सरकारले कोरोना भाइरस (कोभिड–१९)विरुद्ध थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्दै चिनियाँ राजदूत होउ यान्छीले यस्तो प्रतिबद्धता दिएकी हुन् ।
चीनले यसअघि १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ । अर्थ मन्त्रालयले जारी गरेको विवरणमा चीनले दिने थप खोप चाँडै आउने जनाइएको छ ।
भेटमा नवनियुक्त अर्थमन्त्री शर्मालाई चिनियाँ राजदूत यान्छीले बधाई तथा शुभकामना दिएकी थिइन् । उनले जुनसुकै सरकार आए पनि नेपाललाई हेर्ने चिनियाँ नीतिमा परिवर्तन नहुने बताइन् ।
भूकम्पपछिको पुननिर्माणमा समेत चीनले नेपाललाई साथ दिएको जानकारी दिँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
सम्बन्धित
















बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
प्रतिक्रिया