एआईएनद्धारा स्वास्थ्य पत्रकार मञ्चलाई साढे तीन लाख बराबरको स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । एसोसिएशन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (एआईएन) ले स्वास्थ्य पत्रकार मञ्च नेपाललाई साढे तीन लाख बराबरको स्वास्थ्य सामग्री (कोभिड किट) उपलब्ध गराएको छ।
कोभिड महामारीको समयमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य पत्रकारका लागि भन्दै एआइएनले मञ्चलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो। सर्जिकल तथा एन ९५ मास्क, डिजिटल थर्मोमिटर, अक्सिमिटर, ह्याण्ड स्यानिटाइजर लगायत गरी साढे तीन लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको एआइएनका अध्यक्ष डा.सुशील कोइरालाले बताए ।
महामारीको समयमा जोखिम मोलेर काम गरेको भन्दै स्वास्थ्य पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको उनले जानकारी दिए।
एआइएनको समन्वयमा फेयर मेड, आइपास, आड्रा, वाटर एड, डामिएन फाउण्डेशन गरी ६ वटा गैरसरकारी संस्थाले उक्त स्वास्थ्य सामग्री उपलब्ध गराएको हो। ती स्वास्थ्य सामग्री सबै स्वास्थ्य पत्रकारलाई वितरण गरिने मञ्चले जनाएको छ।
















अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया