‘गद्दीच्यूत’ भएका पारस कहिले सुध्रेलान् ?
सधै विवादमा तानिइरहे-पूर्व युवराज पारश शाह, अझै रोकिएन उनको उदण्डता

काठमाडौँ । शुक्रबार राति काठमाडौंको चक्रपथ नारायण गोपाल चोकमा एउटा घटना घट्यो । जुन घटना सामाजिक सञ्जालमा रातारात भाइरल बनेको छ । अहिलेसम्म सामाजिक सञ्जालमा उक्त घटनाको चर्चा सेलाएको छैन । उक्त घटनामा पूर्व युवराज पारस शाह संलग्न थिए ।
‘गद्दीच्यूत’ भएसँगै जनताले दरबारबाट निकालिएका पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा पूर्व युवराज पारस शाहले ड्युटीमा खटिएका प्रहरी जवानलाई अभद्र व्यवहार गरेका थिए । यतिबेला उक्त घटना एकाएक चर्चामा छ ।
शुक्रबार अन्दाजी साढे ७ बजेतिर मोटरसाइकलमा आएका शाहलाई ट्राफिक प्रहरीले रोकेका थिए । उनले ड्युटीमा रहेका प्रहरीमाथि अभद्र व्यवहार गरेका हुन् । ह्याल्मेट नलाएर ट्राफिक नियम मिचेको अभियोगमा ट्राफिक प्रहरीले उनलाई रोकेका थियो । उनलाई ट्राफिक प्रहरीले रोकेर राखेको एउटा भिडियो बाहिरिएको छ । भिडियोमा शाहले प्रहरीमाथि हातपात गरेको देखिन्छ । भिडियोमा आफूले ‘ड्रङ्क’ मदिरा सेवन नगरेको बताएका छन् । र, प्रहरीले उनको हातमा समाउँदा ‘म जान्न, जान्न, जान्न’ भन्दै यही बस्छु बनेका छन् ।
सवारी चाप बढी हुने समयमा प्रहरीले पारसलाई रोकेको र उनले गरेको लफडाले धेरै यात्रु र सवारी साधनले सास्ती भोग्नु परेको देखिन्थ्यो । भिडियोमा हेर्दा उनी होस् भएर बोले वा बेहासीमा थिए ? भन्ने प्रश्न देखिन्थ्यो । भिडियोमा एक ट्राफिक प्रहरीले हातमा समातेर गाडीको माग गरिराखेका छन् । तर, पारस प्रहरीमाथि नै जाइलागेका थिए । भिडियोमा पारसले एउटा वाक्यसमेत भनेका थिए । त्यो वाक्य थियो, ‘श्रीपेच लगाउने टाउकोमा ह्याल्मेट लगाउछ ?’
उनको यो वाक्यले आफू अझै पनि युवराजका उपाधिमा रहेको जस्तो दम्भ पारसले देखाउन खोजेको देखिन्छ ।
बारम्बर प्रहरीसँगको टकराव
प्रहरीसँगको उनको विवाद यो पहिलोपटक होइन । यसअगाडि उनले डियुटीमा रहेका प्रहरीसँग बारम्बार लफडा गर्दै आएका अनेकै घटना छन् । गत २८ जेठ २०७५ मा बा १४ च २१३१ नम्बरको गाडीमा पारस शाह सवार थिए । उनले जावलाखेलबाट ट्राफिक नियम उल्लंघन गर्दै भागेका थिए ।
प्रहरीले उनको गाडीलाई थापाथलीमा रोकेको थियो । तर, रिसमा उनले थापाथलीमा कार्यरत प्रहरी जवान सुष्मा चौधरीलाई हान्ने गरी गाडी हुइँक्याएका थिए । उनी संयोगले जोगिएकी थिइन् । उनी तिनै प्रहरी जवान थिइन् । जसले पारसको लाइसेन्स लिएर जरिवानाको चिट काटेकी थिइन् ।
२०७६ भदौमा समेत पारसले डियुटीमै रहेका प्रहरी नायव निरीक्षकमाथि दुर्व्यवहार गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएका एक प्रहरीलाई सार्वजनिक स्थलमै पारशले दुर्व्यवहार गरेका हुन् । उनले बर्दीमा रहेका प्रहरी नायब निरीक्षकलाई छातीमा धक्का दिएका थिए ।
पारसले विमानस्थलभित्र छिर्ने क्रममा बायाँ हातले प्रहरीलाई धकेलेका थिए । उनको धक्कापछि प्रहरी दुई कदमपछाडि हुत्तिएका थिए । प्रहरीलाई धलेकेपछि पारस रातो कार्पेट टेक्दै अगाडि बढेका थिए । उनले अलिकति अगाडि बढेर प्रहरीतर्फ फर्केर हेरे । र, फेरि जगिँदै फर्किएको भिडियो त्यसबेला भाइरल बनेको थियो ।

प्रहरीलाई दोस्रोपटक झम्टँदा छोरा हृदयेन्द्रले आफ्ना पितालाई हातमा समातेर रोक्ने प्रयास गरे । त्यसपछि उनीबीचबाट फर्केर चोर औँला देखाउँदै विमानस्थलको दोस्रो गेटतर्फ लागेका थिए ।
आमा कोमल शाहलाई बैंककका लागि बिदाई गर्न पारस आइतबार सपरिवार विमानस्थल पुगेका थिए । पारससँगै छोरा हृदयेन्द्र, बहिनी प्रेरणा र भाञ्जा पार्थक सिंह पनि विमानस्थल गएका थिए । उनले गरेको दुर्व्यवहारको निन्दा नभएको होइन । तर, उनले कारबाही भोग्नु परेन । उनले यो विषयमा कुनै कारबाही बेहोर्नु परेन ।
उदण्डको खातैखात
शुक्रबार (१५ साउन) को घटना त पारसको उदण्डताको एउटा नमुना घटना मात्र हो । उनले घटाएका उदण्डताका खातैखात छन् । राजगद्दीमा रहँदादेखि गद्दीच्यूत हुँदासमेत उनको विवादका श्रृखंला खोतल्ने हो भने लामै सूची बन्छ । पटक–पटक प्रहरीसँग विवादमा मुछिइरहने उनी लागु औषध दुर्व्यसनीमा समेत उत्तिकै फसेका छन् ।
कहिले प्रहरीसँग लफडा गर्ने, कहिले लागुऔषध सेवन गरेर मनलाग्दी बोल्दै हिड्ने उनको उदण्डता रोकिएको छैन । लागूऔषधको दलदलमा फसेका उनलाई कुलतबाट निकाल्न सुधार केन्द्रमा समेत राखिएको थियो । उनमा सुधार भने देखिएको छैन ।
हृदयघातका कारण गम्भीर बिरामी भएसँगै एक महिना लामो नर्भिक अस्पतालको बसाईपछि उनले पुनः जन्म पाए । योभन्दा पहिलाे पनि उनी बैंककमा हृदयघातबाट विरामी हुँदा लामाे समय अस्पतालमा बसेका थिए । तर, उनको कुलतप्रतिको आकर्षण र लागुऔषधप्रतिको मोह घट्न सकेकाे छैन । कहिले श्रीमती हिमानीसँगको सम्बन्ध, कहिले प्रेमिकासँगकाे सम्बन्धले विवादमा तानिइरहने पारसको छवि अनेकौँ फण्डाका कारण जनमानसमा राम्रो हुन सकेकाे छैन ।
उनी युवराज हुँदा नै विवादमा आइरहन्थे । वि.सं २०५७ साल साउन २२ गते उनले चलाएको गाडीको ठक्करबाट गायक प्रविण गुरुङको मृत्यु भएको थियो । उनलाई कारबाही गर्नका लागि पाँच लाख सर्वसाधरणको हस्ताक्षर संकलन गरिएको थियो । उनले राजपरिवारको सदस्य भएकै कारण सजायाको भागीदार बन्न परेन । सजिल्यै उनले उन्मुक्ति पाए ।

उक्त घटनापछि नै हो– पारशको कालो अवतार सर्वसाधारणले देखिने गरी सार्वजनिक भएको । तत्कालीन राजा वीरेन्द्रको वंश नास हुने गरी भएको दरबार हत्याकाण्डमा बाबु ज्ञानेन्द्र शाहसँगै उनीसमेत सोधपुछको घेरामा पुगेका थिए ।
वंश परम्परा अन्त्य भई गणतन्त्र स्थापना भए पनि पारसको उदण्डता रोकिएको छैन । विसं २०६७ फागुन २८ मा चितवनको टाइगर टप्स रिसोर्टमा कांग्रेस नेतृ सुजाता कोइरालाका बंगलादेशी ज्वाइँ रुबेल चौधरीसँग झगडा भएको थियो । घटनामा उनले रुवेलमाथि गोली चलाएका थिए । गोली चलाएपछि पोखराको फूलबारी रिसोर्टमा आएर बसेका उनलाई प्रहरीले होटलबाट नियन्त्रणमा लिएर हेलिकप्टरमा चितवन लगेको थियो । उनीमाथि सार्वजनिक अपराध अभियोग लागेको थियो । तर ‘आइन्दा यस्तो नगर्ने’ सर्तमा उनलाई रिहा गरिएको थियो ।
वि.सं २०६८ जेठमा उनले आफ्नै ज्वाइँलाई कुटपिट गरेको कुरा बाहिरिएको थियो । पारसले बहिनीसँगको सम्बन्धलाई लिएर ज्वाइँ राजबहादुर सिंहलाई कुटपिट गरेको घटना सार्वजनिक भएको थियो । त्यतिमात्र नभई बैंककमा रहँदा उनले आफू असुरक्षित रहेको भन्दै त्यहाँको नेपाली दूतावासमा निवेदनसमेत दिएका थिए ।
विदेशमा पनि विवादमा !
वि.सं २०६६ भदौमा उनी जाली भारतीय रुपैयाँको कारोबारमा जोडिए । भारत मध्यप्रदेशबाट नक्कली भारतीय रुपैयाँसहित नेपाली नागरिक अतिक मोहम्मद र भारतीय राजेश गुप्ता पक्राउ परेपछि भारतीय मिडियाले जाली भारतीय रुपैयाँको कारोबारमा पारसको नाम समेत जोडेका थिए ।
नेपालमा गरेको अपराधिक क्रियाकलाप र विभिन्न विवादका कारण बस्ने वातावरण नभएपछि ०६७ भदौ ११ मा सिंगापुर हुँदै थाइल्याण्ड पुगे । तर थाइल्याण्ड पुगेपछि उनको उदण्डता रोकिएन । उनी चारपटक लागूऔषधसहित पक्राउ परे । हृदयाघात भएर कोमामा पुगेपछि अस्पतालमा एक महिनाको उपचारपछि बाहिरिएर उनी नेपाल फर्किए ।

थाइल्याण्डमा थाई युवती कन्निका चाइसानसँगको सम्बन्धले समेत उनी विवादमा परे । पारस–कन्निका सम्बन्धको खुलासापछि नेपालमा रहेको परिवारसँगको उनको सम्बन्ध चिसिएको थियो । उनी नेपाल फर्किएपछि पनि कन्निकाले पछ्याउन छाडेकी थिइनन् । उनले सामाजिक सञ्जालमा दुवैको अन्तरंग तस्बिर सार्वजनिक गर्दै आएकी थिइन् ।
कारबाहीको दायरामा ल्याउनु पर्छ : पूर्व डिआइजी

पारसले गरेको दुर्व्यवहारलाई कानुनी कारबाहीमा नल्याउनु लज्जाको विषय भएको नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल ठकुरीले मेरोन्युजलाई बताए । उनले पारसलाई कानुनी कारबाहीमा ल्याउनु पर्ने बताए ।
‘पारसको पछिल्ले शुक्रबारको घटना निन्दनीय छ । उनी पूर्व युवराज हुन् तर यस्ता घटनाहरु उनको पटकपटक आउने गरेका छन् । उनले अब सप्रिनु पर्ने हो । तर पनि उत्तिकै उदण्डता देखाइरहेका छन्, पारसमा एउटा दम्भ अझै देखिएको छ,’ पूर्व डिआइजी ठकुरीले मेरोन्यूजसँग भने, ‘प्रहरीलाई पारसले पटक पटक गरेको दुर्व्यवहारलाई नियाल्दा उनले प्रहरीलाई सामान्य ठान्दै आएको देखिन्छ । उनले प्रहरीलाई कुनै सम्मान नै दिँदैनन् । यो कुरालाई सुधार्नु पर्ने देखिन्छ । त्यसका लागि पारसलाई कानुनी कारबाहीको दायरमा ल्याएर मात्र सम्भव छ ।’
एकपछि अर्काे उदण्डतामा पूर्व युवराजको नाममा छोड्दै जाने हो भने अझै पनि पारसको अराजकता नरोकिने ठकुरी बताउँछन् । ‘पारशको हर्कत रोकिएको छैन । दोहोरिरहेको छ यदि प्रहरीले कारबाहीको दायरामा नल्याउने हो भने प्रहरीभित्र र सर्वसाधरणमा एउटा नकारात्मक प्रभाव पर्न जान्छ, जुन नागरिक हितमा छैन,’ पूर्व डिआइजी मल्ल भने ।
यसअगाडि २०६८ फागुन २८ को घटनामा उनलाई मुद्दा दायर गरिएको थियो र कारबाहीको प्रक्रियासमेत अगाडि बढाइएको थियो । तर, पछि उनलाई ‘आइन्द यस्तो नगर्ने’ सर्तमा छोडिएको थियो ।
पूर्व डिआइजी मल्ल ठकुरीले भने, ‘उनलाई कारबाही गरिएन भने फिल्डमा खटिने प्रहरीहरुका लागि लज्जाको कुरा हुन्छ, उनीहरु कुन मुख लिएर ड्युटिमा जाने ? यदि, कारबाहीको दायरामा ल्याइएन भने, प्रहरी संगठनले नै हेपाई प्रवृति सहनु पर्ने हुन्छ । र पूर्व युवराज पारशले पनि आफूलाई सम्हाल्नु आवश्यक छ । उनी पब्लिक फिगर भएकाले सर्वसाधारणले उनको सिको गर्न खोज्छ र प्रहरीप्रतिको दुर्व्यवहार बढ्न सक्छ । जुन प्रहरी संघठन र नागरिक दुवैको हितमा छैन ।’

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>















NAAMP and Connect Kisan Sign MoU to provide digital agricultural advisory to farmers
आचारसंहिता उल्लंघन गर्ने ५१ दल तथा उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
नेपाल-कतार संयुक्त व्यवसाय परिषद्को बैठक सम्पन्न, द्विपक्षीय लगानी र व्यापार विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
प्रतिक्रिया