कांग्रेस सभापतिमा दाबी गर्ने तीन नेताबीच भेट वार्ता

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेट वार्ता भएको छ । । कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै पार्टीमा प्रभावशाली मानिएका तीन नेताहरूको भेटलाई कांग्रेसमा अर्थ पूर्ण रूपमा हेरिएको छ ।
नेता सिंहको निवास चाक्सीबारीमा भएको भेटमा उनीहरूबीच मुलुकको राष्ट्रिय राजनीति र कांग्रेस आसन्न महाधिवेशनलगायत विषयमा छलफल भएको नेता सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिए । उनीहरूबीच संवैधानिक बाध्यतालाई समेत ख्याल गरेर आसन्न महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नु पर्ने, प्रधानमन्त्री शेरबहादुर देउवाले भनेको जस्तै सबै नागरिकलाई यथाशीघ्र कोरोनाविरुद्धको खोप दिलाउन सरकारले ध्यान दिनु पर्नेलगायत विषयमा छलफल भएको थियो ।
कांग्रेसका संस्थापक नेताहरू विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका सुपुत्रहरू तीनै जनाले आगामी महाविधेशनका लागि पार्टीको केन्द्रीय सभापतिमा दाबी गर्दै आएका छन् । यसअघि पनि उनीहरूले एकअर्काको निवासमा पालैपालो भेटवार्ता गरेका थिए ।
















आन्तरिक उडान सुचारू
भक्तपुरमा ३ सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते
HoR elections: More youth candidates seeking voters’ trust in Madhesh, breaking past trends
सन नेपाल लाइफको नेशनल एजेन्सी मिट २०८२ सम्पन्न, उत्कृष्ट अभिकर्ता तथा एमडीआरटी २०२६ सम्मानित
स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
प्रतिक्रिया