दार्चुला घटनाबारे भ्रम सिर्जना हुने सूचना सम्प्रेषण नगर्न गृहको आग्रह

काठमाडौं। दार्चुला घटनाको अनुसन्धान तथा छानबिन जारी रहेकोले भ्रम सिर्जना हुने गरी सूचना सम्प्रेषण नगर्न गृह मन्त्रालयले आग्रह गरेको छ ।
शनिबार विज्ञप्ति जारी गर्दै घटनाको सथ्यतथ्य पुष्टि भइनसकेको अवस्थामा भ्रम सिर्जना हुने सूचना र समाचार सामग्री प्रकाशन नगर्न मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सम्बन्धित सबैमा अनुरोध गरेका हुन् ।
दार्चुलाको व्यास गाउँपालिका–२ बाट तुइन प्रयोग गरी भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा शुक्रबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा स्थानीय ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता छन् ।
उक्त घटनाप्रति दुस्ख प्रकट गर्दै मन्त्रालयले स्थानीय प्रशासन एवं सुरक्षा निकायहरुलाई वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइसकेको र सत्यतथ्य जानकारी तथा खोज उद्धारको लागि जिल्ला प्रशासन कार्यालय, दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिइ घटनास्थलमा आवश्यक जाँचबुझ गरिरहेको विज्ञप्तिमार्फत बताईएको छ ।
टोली फर्किए पश्चात् यथार्थ जानकारी प्राप्त हुने पनि प्रवक्ता पोखरेलले विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त घटनाको विषयमा छानविन गर्न गृहमन्त्रालयले छानवीन समिति घठन गरेको छ । घटनाबारे निष्पक्षा छानविन गर्न र दोषिलाई कारबाही गर्न भन्दै देशका विभिन्न ठाउँहरुमा विरोध प्रदर्शन भएका छन् भने । विभिन्न राजनितीक दलहरु साथै दलका भातृसंगठनहरुले ध्यानाकार्षण गराउँदै दोषीलाई कारबाहीको माग गर्दै आएका छन् ।
















नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
HoR passes proposal of vote of thanks to President
नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया