नेप्से उकालो, बैंक तथा वित्त ओरालो

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से १ दशमलब २५ अंकले उकालो लागेको छ ।
यो अघिल्लो दिन अर्थात् गत हप्ताको अन्तिम कारोबार गत बिहिबारभन्दा शुन्य दशमलब ४ प्रतिशतले वृद्धि भई ३ हजार ८१ दशमलब ५ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
एक्सचेञ्जका अनुसार आइतबार जलविद्युत उपसूचक सबैभन्दा बढी ७९ दशमलब ९१ अंकले बढेको छ । जलविद्युतसँगै व्यापार, विकास बैंक, उत्पादनमूलक, लघुवित्त र लगानी उपसुचकमा सुधार आएको छ ।
यद्यपी बैंक, वित्त, होटल एन्ड टुरिजम, जीवन तथा निर्जीवन बिमा, म्युचअल फण्ड उपसुचकमा रातो चिन्ह् लागेको स्टक एक्सचेञ्जको सूचनामा उल्लेख छ ।
स्टक एक्सचेञ्जको तत्थ्यांक अनुसार कारोबार भएका २ सय २६ कम्पनीका १ लाख १७ हजार ४ सय ९० कारोबारबाट १२ अर्ब १० करोड ३८ लाख ७१ ह्जार ८ सय ६२ रुपैयाँ बराबरको ३ करोड ३ लाख ४२ हजार ३ सय ५२ कित्ता शेयर किनबेच भएका छन् ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
प्रतिक्रिया