नेप्से उकालो, बैंक तथा वित्त ओरालो

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से १ दशमलब २५ अंकले उकालो लागेको छ ।
यो अघिल्लो दिन अर्थात् गत हप्ताको अन्तिम कारोबार गत बिहिबारभन्दा शुन्य दशमलब ४ प्रतिशतले वृद्धि भई ३ हजार ८१ दशमलब ५ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
एक्सचेञ्जका अनुसार आइतबार जलविद्युत उपसूचक सबैभन्दा बढी ७९ दशमलब ९१ अंकले बढेको छ । जलविद्युतसँगै व्यापार, विकास बैंक, उत्पादनमूलक, लघुवित्त र लगानी उपसुचकमा सुधार आएको छ ।
यद्यपी बैंक, वित्त, होटल एन्ड टुरिजम, जीवन तथा निर्जीवन बिमा, म्युचअल फण्ड उपसुचकमा रातो चिन्ह् लागेको स्टक एक्सचेञ्जको सूचनामा उल्लेख छ ।
स्टक एक्सचेञ्जको तत्थ्यांक अनुसार कारोबार भएका २ सय २६ कम्पनीका १ लाख १७ हजार ४ सय ९० कारोबारबाट १२ अर्ब १० करोड ३८ लाख ७१ ह्जार ८ सय ६२ रुपैयाँ बराबरको ३ करोड ३ लाख ४२ हजार ३ सय ५२ कित्ता शेयर किनबेच भएका छन् ।

















यस्ताे छ आजकाे माैसम पूर्वानुमान
इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
चुनावको मुखमा सिंगापुर उडे पूर्वसभापति देउवा
सुनचाँदीको मूल्य बढ्यो
प्रतिक्रिया