घरबाट लागुऔषध बिक्री गर्ने महिला प्रहरीको फन्दामा

काठमाडौँ । घरबाट लागुऔषध बिक्री गर्ने सानु तामाङलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर ११ स्थित आफ्नै घरमा लागु औषध खरिद तथा बिक्री गरिरहेको विषेश सुचनाका आधारमा जिल्ला प्रहरी कार्यायल चितवनबाट खटिएको प्रहरी टोलीले ४५ वर्षीय तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी तामाङलाई जाँच गर्दा सुरुवालको खल्तीबाट डाइजेपाम ९ एम्पुल, फेनरागन ब्युप्रिनोर्फिन ९ एम्पुल र कोठामा दराजभित्रको कालो रङको सेतो सोल भएको जुत्ताभित्र डाइजेपाम ९ एम्पुल ब्युप्रिनोर्फिन ९ एम्पुल, फेनरागन ९ एम्पुल गरी १८ एम्पुल डाइजेपाम, १८ एम्पुल ब्युप्रिनोर्फिन, १८ एम्पुल फेनरागन बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार तामाङलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनलाई अदालतको आदेशले पक्राउ मितिदेखि लागु हुने गरी आगुऔषध मुद्दामा म्याद थप अनुमति प्राप्त भई अनुसन्धान सुरु गरिएको छ ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया