घरबाट लागुऔषध बिक्री गर्ने महिला प्रहरीको फन्दामा

काठमाडौँ । घरबाट लागुऔषध बिक्री गर्ने सानु तामाङलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर ११ स्थित आफ्नै घरमा लागु औषध खरिद तथा बिक्री गरिरहेको विषेश सुचनाका आधारमा जिल्ला प्रहरी कार्यायल चितवनबाट खटिएको प्रहरी टोलीले ४५ वर्षीय तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी तामाङलाई जाँच गर्दा सुरुवालको खल्तीबाट डाइजेपाम ९ एम्पुल, फेनरागन ब्युप्रिनोर्फिन ९ एम्पुल र कोठामा दराजभित्रको कालो रङको सेतो सोल भएको जुत्ताभित्र डाइजेपाम ९ एम्पुल ब्युप्रिनोर्फिन ९ एम्पुल, फेनरागन ९ एम्पुल गरी १८ एम्पुल डाइजेपाम, १८ एम्पुल ब्युप्रिनोर्फिन, १८ एम्पुल फेनरागन बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार तामाङलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनलाई अदालतको आदेशले पक्राउ मितिदेखि लागु हुने गरी आगुऔषध मुद्दामा म्याद थप अनुमति प्राप्त भई अनुसन्धान सुरु गरिएको छ ।









जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस
यूक्रेन–रूस द्वन्द्वः मस्को विमानस्थलहरू प्रभावित, यात्रु पर्खाइमा
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
चलचित्र परानले गर्यो करिब १७ करोडको व्यापार, अरुको कति ?
प्रतिक्रिया