शनिबार, माघ ५, २०८१

माहाकाली नदि घटनाका दोषीलाई कारबाही गर्न युवा संघको माग (फोटोफिचर)

जुली गिरी २०७८ साउन १७ गते १८:०८

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपालले माहाकाली नदिमा भएको घटनाको विरोधमा देशभर प्रर्दशन गरेको छ ।

Advertisement

साउन १५ गते व्यास गाउँपालिका–२, मालघाटका स्थानीय ३३ वर्षीय जयसिंह धामी तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए ।

उनीहरुले अविलम्ब कूटनीतिक पहल गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।

यूवा संघले तत्काल दोषीलाई कारबाही, मृतकलाई न्याय र क्षतीपूर्ती नदिए आन्दोलनको आँधिबेरी सिर्जना गर्ने चेतावनी दिएका छन् ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया