अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली डकुमेन्ट्री उत्कृष्ट

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपालको डकुमेन्ट्री ‘सिभिल सोल्जर्स’ले उत्कृष्ट अवार्ड पाएको छ । यस डकुमेन्ट्रीले उत्कृष्ट अवार्ड चुम्दै ५ सय डलर (करिब ६० हजार रुपैयाँ)सहित प्रमाण पत्रहरू पाएको हो ।
डकुमेन्ट्रीमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) महामारीमा नेपालका अग्र पंक्ति खटिएका व्यक्तिहरूको कथा समेटिएको छ । गत वैशाख २४ देखि २७ गतेसम्म भर्चुअल माध्यमबाट सम्पन्न भएको फिल्म महोत्सवको आज अवार्ड वितरण भएको हो ।
त्यस्तै, उत्कृष्ट निर्देशन पनि ‘आमा कान्दो’का निर्देशक दोन्डुप टेसरिङलाई प्रदान गरिएको छ । उत्कृष्ट प्यानडामिक डकुमेन्ट्रीतर्फ गणेश पाण्डेद्वारा निर्देशित ‘सिभिल सोल्जर’लाई प्रदान गरिएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले उत्कृष्ट राष्ट्रिय फिचर फिल्मितर्फ दोन्डुप टेसरिङले निर्देशन गरेको ‘आमा कान्दो’ नामक चललित्रलाई प्रदान गरिएको छ ।
त्यसैगरी, उत्कृष्ट सिनेमाटोग्राफ्रतर्फ सिरिष गुरुङ, उत्कृष्ट लेखक (पुरुष)मा नवीन शिल्पकार र महिलातर्फ करिता गिरिलाई प्रदान गरिएको छ । प्रतिष्ठानका अध्यक्ष केपी पाठकले पाँचौँ संस्ककरणको आवेदन खुल्ला गरिएको जानकारी दिनुभयो ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया