भ्रष्ट्राचार रोक्न यी अदालतमा गोला प्रथाबाट पेसी तोकिने

काठमाडौँ । आगामी मंसिरदेखि जिल्ला अदालत र उच्च अदालतहरूमा गोला प्रथामार्फत पेशी तोकिने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई गत साउन १४ गते न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदनका आधारमा गोला प्रथाबाट जिल्ला र उच्च अदालतहरूमा पेशी तोकिने भएको हो ।
सर्वोच्चले आइतबार एक विज्ञप्ति जारी गर्दै समितिले पेसी तोक्ने विषय देखिएको समस्या समाधान गर्न गोला प्रथाबाट अपनाउनु पर्ने जनाएसँगै सोहीअनुरुप हुने जनाएको हो ।
न्यायपालिकामा हुने विकृति, विसंगति, भ्रष्टाचार एवं बिचौलियाबाट हुन अनैतिक कार्य रोक्न कानूनी तथा संरचना नै परिवर्तन गर्नु पर्ने प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
स्वचालित पेशी सूची प्रणाली शुरु नहुँदासम्म पारदर्शी ढंगले गोला प्रथाबाट पेशी तोक्न समितिले सुझाव दिएको थियो । सोहीअनुसार जिल्ला र उच्च अदालतलाई मंसिरदेखि सर्वोच्चको निर्णय लागु गर्न पत्र पठाएको सर्वोच्चले जनाएको छ ।











पदावधि छँदै उपसभामुख इन्दिराले दिइन् राजीनामा
कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न कांग्रेसकाे निर्देशन
सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न
तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
प्रतिक्रिया