भ्रष्ट्राचार रोक्न यी अदालतमा गोला प्रथाबाट पेसी तोकिने

काठमाडौँ । आगामी मंसिरदेखि जिल्ला अदालत र उच्च अदालतहरूमा गोला प्रथामार्फत पेशी तोकिने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई गत साउन १४ गते न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदनका आधारमा गोला प्रथाबाट जिल्ला र उच्च अदालतहरूमा पेशी तोकिने भएको हो ।
सर्वोच्चले आइतबार एक विज्ञप्ति जारी गर्दै समितिले पेसी तोक्ने विषय देखिएको समस्या समाधान गर्न गोला प्रथाबाट अपनाउनु पर्ने जनाएसँगै सोहीअनुरुप हुने जनाएको हो ।
न्यायपालिकामा हुने विकृति, विसंगति, भ्रष्टाचार एवं बिचौलियाबाट हुन अनैतिक कार्य रोक्न कानूनी तथा संरचना नै परिवर्तन गर्नु पर्ने प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
स्वचालित पेशी सूची प्रणाली शुरु नहुँदासम्म पारदर्शी ढंगले गोला प्रथाबाट पेशी तोक्न समितिले सुझाव दिएको थियो । सोहीअनुसार जिल्ला र उच्च अदालतलाई मंसिरदेखि सर्वोच्चको निर्णय लागु गर्न पत्र पठाएको सर्वोच्चले जनाएको छ ।
















ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया