मध्यभोटे कोशीको साधारण शेयर बिक्री म्याद थप
काठमाडौँ । मध्यभोटेकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन गर्ने म्याद थप गरिएको छ । स्थानीयवासीको आग्रह बमोजिम आवेदन गर्ने समय बढाइएको हो ।
मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका अनुसार अब आयोजना प्रभावितले यही साउन ३१ गतेसम्म साधारण शेयरमा आवेदन दिन सक्ने छन् । यसअघि यही साउन १७ गतेसम्म साधारण शेयरमा आवेदन गर्ने समय सीमा रहेको थियो । कम्पनीले प्रति शेयर अंकित मूल्यका ६० लाख कित्ता साधारण शेयर स्थानीयवासीका लागि बिक्री गरिरहेको छ ।
त्यसमा १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र र ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाबासीका लागि बिक्री हुनेछ । साधारण शेयरमा न्यूनतम ५० कित्ता र अधिकतम ४ सय कित्तासम्म शेयर आवेदन दिने व्यवस्था गरिएको छ ।
आयोजना प्रभावित भोटेकोशी गाँउपालिका १ र ५, बाह्रबिसे नगरपालिका ५, ६ ७ र ८ मा बसोबास गर्ने बासिन्दा र आयोजना प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्नेले साधारण शेयरमा आवेदन दिन पाउने व्यवस्था छ ।
आयोजना कूल १०२ मेगावाट क्षमताको हो । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रूपमा रहेको मध्यभोटेकोशी जलविद्युत् कम्पनीले सो आयोजना निर्माण गरिरहेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
भारतमा पटाका कारखानामा विष्फोट, २१ जनाको मृत्यु
इरानी विद्यालय भवनमा आक्रमण , मृत्यु हुनेको सङ्ख्या ८५ पुग्यो
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
सुनचाँदीको मूल्य बढ्यो
पाकिस्तानको खैबर पख्तुनख्वामा आक्रमण : दुई दिनमा कम्तीमा २० जनाको मृत्यु
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
प्रतिक्रिया