छिन्नमस्ता मन्दिरबाट चोरिएको मुकुटसहित एक पक्राउ

सप्तरी । छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक)सहित एक जना पक्राउ परेका छन् । चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका ५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
आइतबार राति करिब ७ बजे सरसफाईका लागि मन्दिरका पुजारी पोखरीबाट पानी लिन गएका बेला मुकुट चोरी भएको थियो । चोरी गरेका मण्डलले बिहान आफैँले मुकुट ल्याएको र मन्दिर स्थापना गर्ने भन्दै गाउँमा हल्ला गर्दै हिँडेको स्थानीयवासी जयप्रकाश यादवले बताए ।
मण्डलको साथबाट ७५० ग्रामको चाँदीको मुकुट, सुनको टीका र नथिया बरामद गरिएको थियो । मण्डललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।
चोरीको घटना बाहिरिएपछि आइतबार राति नै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रहरी उपरीक्षक धमलासहितको टोली घटनास्थल पुगेका थिए । प्रहरीले तत्काल पुजाको पालोमा रहेका तीन पुजारीलाई नियन्त्रणमा लिएको थियो । चोरीको अनुसन्धानका लागि राति नै सीमानाकामा सिल गरिएको थियो ।

















मध्यपूर्वको तनावका कारण नेपाल, युएई र ओमानबीचको लिग-२ को सिरिज स्थगित
सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन
मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा
टिकटकर रतन कार्की प्रहरीको नियन्त्रणमा
निर्वाचनकाे दिन कतै पनि वर्षा नहुने
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया