बुधबार, फागुन २७, २०८२

नेपाल पक्षसँगकाे एकतालाई थाती राख्दै ओलीले बनाए ९ विभाग

मेरोन्यूज २०७८ साउन १८ गते १९:०६

काठमाडाैं । नेपाल पक्षकाे एकतालाई थाती राख्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले ११ विभाग बनाएका छन् । आज बसेकाे स्थायी कमिटी बैठकबाट उनले विभिन्न ११ विभाग गठन गर्ने निर्णय गराएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

संगठन विभागको प्रमुखमा उपमहासचिव विष्णु पौडेल ताेकिएका छन् । संसदीय विभागको प्रमुखमा दलका उपनेता सुवास नेम्वाङ, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली, पर्यटन प्रवर्द्धन विभाग प्रमुखमा भानुभक्त ढकाल रहेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले आफू मातहत स्कूल विभाग राखेका छन् । विदेश विभाग प्रमुखमा डा राजन भट्टराई, निर्वाचन विभाग प्रमुखमा अग्नि खरेल र स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाल रहेका छन् ।

एमाले विधानमा झण्डै २ दजर्न बढी विभाग र आयाेग गठन गर्न सक्ने प्रावधान छ । एमालेकै माधव नेपाल पक्ष एकतामा आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै केही विभागलाई पूर्णता नदिइएकाे प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

‘हामीले केही विभागहरु गठन गरेका छौँ । जसलाई २५ सदस्यीय बनाउन मिल्छ। हामीले सुरुमा थोरै सदस्य राखेर नौवटा विभाग गठन गरेका छौँ’, उनले भने, ‘माधव पक्षका नेताहरू आउनुहुन्छ भनेर हामी कुरिरहेका छौँ। त्यही भएर ठाउँ राखेका हौँ।’

प्रतिक्रिया