काेराेनाकाे जाेखिममा बालबालिका
माघसम्ममा ५ करोड बढी कोरोनाको खोप नेपाल भित्रिने, चैतभित्र सबैले खोप पाउने सरकारकाे दाबी
डा मरासिनी भन्छन्– ‘खोप कार्यक्रम नै कछुवा गतिमा चलेको छ, तेस्रो लहर अघि घना बसोबास भएका स्थानका नागरिकलाई खोप दिनुपर्छ ।’

काठमाडौं । नेपालमा हालसम्म विभिन्न मुलुकबाट करिब ८७ लाख ८२ हजार मात्रा कोरोनाविरुद्धको खोप भित्रिएको छ । जसमध्ये ६० लाख खोप सरकारले खरिद गरेको छ । खरिद गरिएकामध्ये १० लाख खोप अझै आउँन बाँकी छ । भने ३७ लाख ८२ हजार खोप अनुदानमा प्राप्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म प्राप्त खोपमध्ये सबैभन्दा बढी चीनबाट आएको छ । जसमा ४० लाख खोप सरकारले खरिद गरेको छ । भने चीन सरकारले १८ लाख खोप अनुदानमा दिएको छ ।
भारतसँग सरकारले २० लाख कोभिसिल्ड खोप खरिदको सम्झौता गरेको थियो । खरिद सम्झौताअनुसार १० लाख खोप मात्र नेपाल आएको छ भने १० लाख अझै आउन सकेको छैन् । भारतले थप १ लाख कोभिशिल्ड खोप नेपाली सेनालाई निःशुल्क दिएको थियो । त्यस्तै ३ लाख ४८ हजार खोप कोभ्यासमार्फत प्राप्त भएको छ ।
अमेरिकाबाट जे एण्ड जे कम्पनीको १५ लाख ३४ हजार खोप अनुदानमा आएको मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताए । उक्त खोप काठमाडौं उपत्यकासहित सातै प्रदेशमा लगाउने क्रम जारी छ ।
हालसम्म कोरोनाविरुद्धको खोपको पहिलो मात्रा ४१ लाख ६३ हजार २५१ ले लगाएका छन् । २० लाख २११ जनाले पूर्ण मात्रा खोप लिएका छन् ।

असोज मसान्तसम्म एक तिहाइलाई खोप
सरकारले असोज मसान्तसम्म एकतिहाई जनसंख्यालाई कोरोनाविरुद्धको खोप दिइसक्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अबको दुई महिनामा १ करोड २ लाख खोप नेपाल आइपुग्ने छ ।
स्वास्थ्य सचिव डा रोसन पोखरेलका अनुसार अबको दुई सातामा जापान सरकारले अनुदानमा दिने अष्ट्राजेनिकाको खोप १६ लाख र चिनियाँ साइनोफार्म कम्पनीका भेरोसेल खोप १६ लाख गरी ३२ लाख मात्रा अनुदानमा आउँदैछ ।
सरकारले भेरोसेल ६० लाख र कोभिशिल्ड १० लाख गरी ७० लाख मात्रा खोप खरिद प्रक्रिया अगाडि बढाएको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्ममा एकतिहाई जनसंख्यालाई खोप दिइसक्ने दाबी गरे । उनले हाल दैनिक तीन लाखको हाराहारीमा खोप दिइँदै आएको पनि बताए । उनले भने, “हिजो मात्र २ लाख ६० हजारलाई कोरोनाबिरुद्धको खोप दिइएको छ ।”
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा बाबुराम मरासिनी असोज महिनासम्म एकतिहाई जनसंख्यालाई पूर्णमात्रा खोप दिनु चुनौतीपूर्ण रहेको बताउँछन् । उनी भन्छन्,“खोप कार्यक्रम नै कछुवा गतिमा चलिरहेको रहेको छ ।”
डा मरासिनी कोरोनाको तेस्रो लहर आउनु अघि घना बसोबास भएका क्षेत्रका नागरिकलाई छिटो खोप दिनुपर्ने मत राख्छन् ।
माघसम्ममा ५ करोड बढी खोप पाउने अपेक्षा
सरकारले खरिद, अनुदान र कोभ्याक्समार्फत आउँदो माघसम्म ५ करोड २२ लाख ८२ हजार खोप प्राप्त गर्ने जनाएको छ । (पुस र माघ ) दुई महिनामा मात्र करिब ३ करोड २३ लाख मात्रा खोप आउने गरी सम्झौता भएको मन्त्रालयले जनाएको छ ।
अमेरिकाबाट १२ देखि १८ वर्ष उमेर समूहका लागि फाइजर कम्पनीको ६० लाख मात्रा खोप खरिद प्रक्रिया शुरू भइसकेको मन्त्रालयले जनाएको छ । पुस र माघ महिनामै कोभ्याक्सबाट २ करोड ६३ लाख मोडर्ना कम्पनीको खोप भित्रिने मन्त्रालयले जनाएको छ । जसमा १ करोड १३ लाख अनुदान, १ करोड १० लाख कोभ्याक्स सुविधाअन्तर्गत र बाँकी ४० लाख खरिद गरिने छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठका अनुसार खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंकका बीचमा १६५ मिलियन अमेरिकी डलरको ऋणसम्झौता हुने तयारी छ ।
कोरोनाको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने विज्ञहरुले बताउँदै आएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुन कोरोनाको तेस्रो लहरबाट बालबालिका बढी नै प्रभावित हुने जोखिम रहेको बताउँछन् ।
‘पहिलो लहरभन्दा दोस्रो लहरमा बालबालिकाहरुमा संक्रमणदर बढेको थियो तेस्रो लहरमा पनि यो दर बढ्ने संकेत देखिएको छ’, उनी भन्छन् । केही देशमा बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।










छिटो राहदानी बनाइदिने भन्दै विचौलियाको काम गर्ने ८ जना पक्राउ
गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
जेनजी आन्दोलनका घाइतेलाई तत्काल १५ हजार दिने सरकारको निर्णय
पोखरालाई विराटनगरकाे विशाल लक्ष्य
हाजिरीमा सिमित छन् फिर्ता बोलाइका राजदूत
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता
प्रतिक्रिया