शनिबार, माघ १७, २०८२

प्रचण्ड र नेता नेपालबीच भेटवार्ता

मेरोन्यूज २०७८ साउन १९ गते ११:५८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । मंगलबार दुई नेताका वीचमा नेपाल निवास नजिकै रहेको ब्यवसायी चन्द्रमान श्रेष्ठको निवासमा भेटवार्ता भएको हो ।

भेटमा दुई नेताबीच समसामयिक राजनीति बारेमा छलफल भएको जनाइएको छ । अध्यक्ष प्रचण्डले एमाले नेता नेपाल पक्षलाई सरकारमा ल्याउन प्रयास गरिरहेका छन् । तर, नेपालले सरकारमा नजाने बताएका छन् ।

आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ता हुने बताइएको छ । ओलीसँगको भेटवार्ता अघि प्रचण्डले नेपाललाई भेटेका हुन् ।

प्रतिक्रिया