आइतबार, माघ १३, २०८१

एमाले विघटित कार्यदलका नेताहरु छलफलमा

मेरोन्यूज २०७८ साउन १९ गते १२:१५

काठमाडौं । नेकपा एमाले विघटित कार्यदलका नेताहरु छलफलमा जुटेका छन् । कार्यदलका चार नेताहरु अध्यक्ष केपी शर्मा अ‍ोली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता गराउन छलफलमा रहेका छन् ।

Advertisement

मंगलबार नेताहरु भीम रावल, सुवास नेम्वाङ, विष्णु पौडेल र सुरेन्द्र पाण्डे ‘पावर शेयरिङ’का विषयमा छलफल गरिरहेका छन् । चार नेताबीचको छलफलपछि आजै ओली र नेपालबीच भेट गराउने तयारी भइरहेको बताइएको छ ।

नेपाल पक्षको सोमबार बसेको स्थायी कमिटी बैठकमा नेता नेपाललाई पावर शेयरिङको विषयमा ओलीसँग वार्ता गर्न आग्रह गरेका थिए । त्यसपछि नेपाल ओलीसँग वार्ता गर्न तयार भएका हुन् । पार्टीको एकता कायम राख्न ढिलो गर्न नहुनेमा दुवै पक्ष सकारात्मक रहेका छन् ।

यस अगाडी कार्यदलले बनाएको १० वुदे प्रस्तावमा थप अर्काे एउटा वुादा दुई पक्ष वीचको शक्ति वाडफाँडको विषयमा अहिले नेताहरुले छलफल गरेका हुन् ।

नेतृत्व सम्वन्धी माधव नेपालले तीन ओटा विकल्प अगाडी सादै पूर्ण कार्यकाल संसद चल्न दिनुपर्ने, संसद विघटन गर्नु ओलीको कमजोरी थियो भन्ने विषयको पनि सम्वोधन हुनुपर्ने नेपालको धारणा थियो । तर अहिले नेपालले उठाएका यी सवै विषय भन्दा पनि विद्यान महाधिवेशनवाट पार्टीमा महाधिवेशन सम्मका लागि पार्टीमा दुई अध्यक्ष रहने र निर्णय प्रक्रियामा दुवै अध्यक्षको अनिवार्य हस्ताक्षर गर्ने/गराउने गरी सहमतिको प्रयास छ ।

कार्यदलमा रहेका र वार्तामा सहभागी भएका रावल र पाण्डेले नेपाल पक्षको स्थायी कमिटि बैठकमा पनि सोही अनुसारको विफ्रिङ गरेका थिए । त्यसमा कुरा मिलेमा दुई शीर्ष नेताको भेटवार्ता गराउने कोसिस छ ।

‘दुवैतर्फका चार नेता बसेर सहमतिको प्रस्तावलाई अन्तिम रूप दिने कोसिस भइईरहेको छ, त्यसमा सहमति बने ओली र माधव नेपालले सहमतिको प्रस्ताव हेरेर भेटवार्ता गर्नुहुनेछ,’ छलफलमा सहभागी एक नेताले बताए ।

नेपाल पछिल्ला दिनमा ओललिे आफना केही शर्त मान्न तयार भए एमाले विवाद मिलाउने मूडमा देखिएका हुन्। त्यसका लागि उनले सुवास नेम्वाङ र विष्णु पौडेलसगको पछिल्ला छलफलमा त्यही कुरा गरिसकेका छन् ।

तर उनी ओली निकटका नेताहरुको प्रस्ताव एउटा आउने तर ओलीको अभिब्यक्ति अर्काे खालको आउने गरेका कारण विश्वस्त भने हुन सकरिहेका छैनन । उनले आफु निकटका कस्थायी कमिटि सदस्यसँगको सोमबारको छलफलमा पन भनेका थिए,– छलफलका क्रममा आएका प्रस्ताव र बाहिर दिइएका अभिव्यक्ति हेर्दा सकारात्मक र नकारात्मक दुवै पक्ष छ । वार्तामा संलग्न साथीले ल्याएको प्रस्ताव सुन्दा राम्रै, मिल्ने दिशामा जान खोजेको हो की भन्ने लाग्छ, तर ओलीका अभिव्यक्ति फेरि सुन्दा उनी अझै उस्तै छन्, सुध्रेका छैनन, गतिला छैनन् भन्ने देखिन्छ । अनि कुन कुरालाई कसरी पत्याउने रु विश्वास गरिहाल्ने अवस्था छैन ।’

ओलीले पार्टीमा नेपाल समुहलाई दोस्रो अध्यक्ष दिने केन्द्रयि कमिटि बैठकमै बताईसकेकोले अलिकति गम्भिरतापूर्वक छलफल भए विवाद मिल्ने अपेक्षा दोस्रो तहका र कार्यदलमा रहेका नेताहरुको देखिन्छ ।

त्यही कारण पनि उनीहरु सहमतिको प्रयासमा जुटिरहेका छन् । दुई शीर्ष नेतालाई सागै राखेर छलफलका वोताबरण बनाउन सकिएमा दुई नेताको पावर सेयरिङको विषय पनि मिल्न सक्ने वुझाई चार नेताको छ ।

प्रतिक्रिया