मन्त्रिपरिषद् बैठक बस्दै, राज्य मन्त्री श्रेष्ठ बस्न नपाउने
मेरोन्यूज
२०७८ साउन १९ गते १२:२६

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक अपराह्न ४ बजे बस्ने भएको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित ४ जना मन्त्रीहरू उपस्थित हुने छन् । राज्यमन्त्री मन्त्रिपरिषद्को बैठकमा बस्ने प्रचलन नभएकाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ बस्ने छैनन् ।
प्रधानमन्त्री बनेको २२ दिनसम्म प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । सत्ता साझेदारी दलहरूबीच मन्त्रिपरिषद विस्तारमा लामो कसरत गरे पनि पूर्णता पाउन सकेको छैन ।
सत्ता साझेदारी दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बाट बाँकी मन्त्रीहरू चयन हुने छन् ।
सम्बन्धित

















गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया