जयसिंह धामीको घटनामा सरकार भारतसँग लड्छ कि लड्दैन ? : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य गगन थापाले जयसिंह धामीको घटनामा सरकारले कसरी विश्वास दिलाउन सक्छ भन्ने प्रश्न गरेका छन् । मंगलबार बसेको बैठकमा उनले गृह मन्त्री बालकृष्ण खाँणलाई प्रश्न गर्दै सरकारले घटनालाई कसरी लिएको छ भनेर प्रश्न गरेका थिए ।
‘भारतीय पक्षले भारतीय सीमा सुरक्षा बल (एसएसबी)को कुनै संलग्नता नभएको मिडियामा आएको छ, यदि यस्तो हो भने भारतीय एसएसबीले छानबिन समितिलाई कस्तो सहयोग गर्ला ?,’ थापाले भने, ‘हाम्रो छानबिन समितिले घटनाको सत्यतथ्य कसरी ल्याउला ? यसबारे गृहमन्त्रीले कसरी विश्वास दिलाउन सक्ला ?, सरकार भारतसँग लड्छ कि लड्दैन ?’
उनले सन् २०१२ मा इटालीका मरिन (जहाजका कर्मचारी)बाट दुई जना भारतीय मछुवा (माझी)को हत्या हुँदा लामो समय भारतीय सरकार डटेर लडेको जस्तै नेपाल सरकार पनि लड्नु पर्ने बताए । उनले जयसिंह धामीको सत्यतथ्य बाहिर आएपछि जसरी भारतीय सरकार इटाली सरकारसँग लड्यो त्यसरी नै हाम्रो सरकार भारतसँग डटेर लड्नु पर्ने बताएका थिए ।
गत शुक्रबार जयसिंह धामी महाकाली नदीमा तर्दै गर्दा भारतीय एसएसबीले तुइन काटिदिँदा नदीमा बेपत्ता भएका थिए । उक्त घटनाबारे प्रतिनिधिसभाको बैठकमा ठूलो बहस भएको छ ।

















यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया
निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ
सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प
इरानमाथि दबाब बढाउँदै अमेरिका : सैन्य उपस्थिति बढायाे
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया