छानबिन समितिको प्रतिवेदनलाई लिएर सरकार अघि बढ्छ : गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले जयसिंह धामी बेपत्ताको घटनामा सरकारद्वारा गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनअनुसार हुने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
‘म माननीयज्यूहरूको संवेदनसीलताको सम्मान गर्छु, यसमा सरकारले छानबिन समिति बनाएको छ, समितिले घटनास्थलमै पुगेरै छानविन गर्ने छ,’ गृहमन्त्री खाँणले भने, ‘तुइन तर्न सफल भएका चार जनासँग समितिले सोधपुछ गरेको छ, उहाँहरूको जानकारीलाई छानबिन समितिले मूल आधार बनाउने हो ।’
बैठकमा बोल्दै उनले छानबिन समितिको निष्कर्षलाई आधार बनाए दृढताका साथ सरकार अघि बढ्ने बताउँदै नागरिकको जीवन रक्षा गर्नु सरकारको मूल दायित्व भएको बताए । संसद बैठकमा विशेष समय लिएर बोलेका उनले बेपत्ता धामीको नेपाली र भारतीय सुरक्षा निकायले खोजी गरिरहेको जानकारी दिए ।
घटनाको सत्यतथ्य लुकाएको भन्दै एमाले सांसदले विरोध जनाएका थिए ।
जयसिंह धामीको घटनामा सरकार भारतसँग लड्छ कि लड्दैन ? : गगन थापा










झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई
प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा उत्रिए बासिन्दा
क्रिकेटः नेपालद्वारा भारत ९२ रनले पराजित
बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो
मधेश प्रदेशका सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालो मोसो
कांग्रस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
प्रतिक्रिया