आरक्षपीडितका समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्छु : साउद

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले आरक्षपीडितका समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने बताएका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता साउँदले लामो समयदेखि क्यान्सजस्तै बनेको आरक्षपीडितका समस्याका समाधानका लागि आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै प्रधानमन्त्रीसँग कुरा गर्ने बताएका हुन् ।
उनले आरक्षपीडिका समस्या समाधानका लागि आफू प्रतिबद्ध भएकोले तत्काल यो समस्या समाधान गरिने बताएका छन् । उनले भने, ‘हामीले गछौं भनेर पहिले पनि भनेका छौं । भोलि पनि हामीले नै गर्नुपर्ने हो । तर, एमालेको बहकाइमा हामीले आउनु पर्ने छैन । साढे तीन वर्षसम्म झिँगा नमार्नेहरुले अब आरक्षको समस्या समाधान गर्ला ? केन्द्रमा सरकार बदलिसकेपछि विभिन्न प्रलोभनहरु देखाएर बहकाउने काम गरिरहेका छन् । त्यस्ता हल्लाको पछि नलाग्नु होला ।’
उनले कसैले १० कठ्ठा दिने र कसैले ६० लाख रुपैयाँ दिने प्रलोभन देखाएको भन्ने सुनेको उल्लेख गर्दै त्यस्ता भ्रमको भण्डाफोर गर्न पनि नेता साउँदले कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले भने, ‘साढे तीन वर्षसम्म गर्छु भनेर बोलेको कुरा नगरेपछि अहिले जाउँजाउँ भन्ने बेला जस लिनका लागि भ्रम फैलाइरहेका छन् ।
यो कुरा हास्यास्पद छ, झुटा छ भन्ने कुरालाई हाम्रो पार्टी साथीहरुले गाउँ गाउँसम्म लैजानुपर्छ ।’ एमालेले नागरिकहरुलाई विभिन्न अपेक्षा देखाएर आरक्षपीडितहरुलाई धोका दिएको आरोपसमेत लगाएका छन् । उनले गुटबन्दीमा नलाग्न पनि कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले भने, ‘गुटगत राजनीतिले पार्टीलाई अगाडि बढाउँदैन ।
पार्टीका लागि योगदान गरेका र अगाडि जानुपर्ने साथीहरुलाई अगाडि बढाएर, अर्को साथीलाई अर्कोपटक व्यवस्थापन गर्नुपर्ने गरि सल्लाह गरेर अघि बढ्न आग्रह गर्दछु । सबैलाई समेटेर र कार्यकर्तालाई परिचालन गरेर अघि बढ्नु पर्दछ ।’

















Driver killed after car falls into Phewa Lake
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा ४९ वर्षीय पुरुषको मृत्यु
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
तरकारिकाे मूल्य: गोलभेँडा प्रतिकिलो रु ३०,काउली प्रतिकिलो रु ३०
आज विश्वभर प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ मनाइँदै
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
4 die, 5 injured in firing incidents in Karachi
प्रतिक्रिया