शान्ति मिसन जाने प्रहरीको प्रश्नपत्र ‘लिक’ हुँदा २ प्रहरी नियन्त्रणमा

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा जानका लागि नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको आशंकामा २ जना प्रहरी नियन्त्रणमा परेका छन् । प्रश्नपत्र लिक गरेको आशंकामा प्रधान कार्यालयबाट साइबर ब्यूरोमा सरुवा भएका कुमार शाह र युएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बमलाई नियन्त्रणमा लिइएको हो ।
संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा जान नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको आशंकामा प्रहरी प्रधान कार्यालयले डिआइजी वसन्त लामाको नेतृत्वमा ६ सदस्यीय छानविन समिति बनाएको थियो ।
युएन शाखाकै तल्लो दर्जामा कार्यरत दुई जना कर्मचारीले प्रि स्याट परीक्षाको प्रश्न पत्र दराजबाट चोरी भएको हुन सक्ने भन्दै प्रहरी प्रधान कार्यालयले डिआइजी लामाको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । उक्त छानविन समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढ्ने प्रहरी प्रधान कार्यालयका प्रवक्ता वसन्त कुँवरले जानकारी दिए ।
शनिबार भएको प्रि स्याट परीक्षाको प्रश्न पत्र बाहिरएको आशंकामा गरिएको थियो । त्यही आधारमा परीक्षा एक घण्टा ढिलो गरी सुरु भएको थियो । प्रहरी प्रधान कार्यालयमा शुक्रबार र शनिबार प्रि स्याट परीक्षा भएको थियो । यसमा उत्तीर्ण हुनेलाई मात्र मिसनको अन्तिम परीक्षामा सहभागी गराउने गरिएको छ ।
यसअघि सन् २०१८ मा भएको प्रि स्याट परीक्षाको प्रश्न पत्र परीक्षा अगावै बाहिरिएको पाइएपछि अर्को जाँच लिइएको थियो ।

















सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन
मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा
टिकटकर रतन कार्की प्रहरीको नियन्त्रणमा
निर्वाचनकाे दिन कतै पनि वर्षा नहुने
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया