कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूको बैठक बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बुधबार दिउँसो शीर्ष नेताहरुको बैठक बस्ने भएको हो । बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ ।
बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुने भएका छन् ।
रमेश लेखकको संयोजकमा गठन भएको क्रियाशील सदस्यता छानविन समितिले सहमति गर्न नसकेको विवाद समाधान गर्न पार्टी पदाधिकारी बैठकले तीन जना शीर्ष नेतालाई जिम्मा दिएको थियो । यसका लागि पाँच दिनको समय दिइएको थियो ।
हिजो मंगलबार पाँच दिन पूरा भएसँगै आज बैठक बस्न लागिएको हो । तर, विवाद समाधान हुन सकेको छैन । क्रियाशील सदस्यता छानविन समितिले गत १२ १२ गते पार्टी सभापति देउवालाई सदस्यताको अन्तिम प्रतिवेदन बुझाइसकेको छ ।
प्रतिवेदनमा बारा, सप्तरी, धनुषा ४, सर्लाही २, रसुवा सिन्धुपाल्चोकलगायत केही जिल्लामा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यता विवाद समितिले सुल्झाउन सकेको थिएन ।
















Israel’s Foreign Minister congratulates Nepali counterpart
गैँडाकोटको हनुमान् मन्दिरलाई धार्मिक पर्यटन प्रवद्र्धन गरिँदै
सुनको मूल्य तोलामा ५ हजारले बढ्यो
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया