महाप्रबन्धकले वायु सेवा निगम निजीकरण गर्न लागेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौँ । नेपाल वायु सेवा निगममा कार्यरत विभिन्न कर्मचारी संगठनहरूले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर ज्ञापन पत्र बुझाएका छन् । उनीहरूले सरकारी स्वामित्वमा रहेको निगमलाई निजीकरण बनाउन खोजिएको भन्दै रोक्न पहल गर्न प्रधानमन्त्रीलाई भेटेका हुन् ।
यस्तै, कर्मचारी संगठनहरूले निगमका महाप्रबन्धक निर्देशक डिम प्रसाद पौडेलको बर्खास्ती गर्नसमेत माग गरेका छन् । उनीहरूले महाप्रबन्धकको नेतृत्वमा सरकारी स्वामित्वमा रहेको वायु सेवा निगमलाई निजीकरण गर्न खोजिएको भन्दै बर्खास्तीको माग गरेका हुन् ।
विभिन्न ९ वटा कर्मचारी संगठनहरूले निगमलाई निजीकरण गर्ने निर्णय खारेज गर्नु पर्ने, महाप्रबन्धकलाई तत्काल बर्खास्त गर्नु पर्ने, महाप्रबन्धकको ३०० प्रतिशत अस्वभाविक तलब वृद्धि खारेज गर्नु पर्ने र सञ्चालक समितिमा व्यवसायिक स्वार्थ बाझिने संघसंस्थामा आबद्ध व्यक्तिहरूलाई खारेज गर्नु पर्ने माग राखेका छन् ।
‘३३ औँ दिन कर्मचारी आन्दोलनमा तालुकदार मन्त्रालय बेखबर र उदासीन हुनु निगमलाई सरकारी निकायबाट उपेक्षित गरिएको महसुस आम कर्मचारीहरूले गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।





















एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया