सोमबार, फागुन १८, २०८२

स्थानीयवासीका लागि मोलुङ हाइड्रोको आइपिओ निष्काशन हुँदै

मेरोन्यूज २०७८ साउन २१ गते ११:५६

काठमाडौँ । मोलुङ हाइड्रोपावर कम्पनीले स्थानीयवासीलाई करिब आठ करोड रुपैयाँ बराबरको शेयर बिक्री गर्ने भएको छ । आयोजना आसपासका नागरिकका लागि ८ लाख दुई हजार ५०० कित्ता साधारण शेयर (आइपिओ) निष्काशन गर्न लागिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीले आफ्नो जारी पूँजी ८० करोड २५ लाखको १० प्रतिशत अर्थात्आ ठ करोड दुई लाख पचास हजार रुपैयाँ बराबरको शेयर स्थानीय क्षेत्रका प्रभावित बासिन्दालाई बिक्री गर्ने तयारी गरेको सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले जानकारी दिए ।

बाँकी ३४ प्रतिशत अर्थात् २७ करोड २८ लाख पचास हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख ३६ हजार ४२५ कित्ता साधारण शेयर सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको उनले बताए ।

बाँकी रहेको २५ लाख ३७ हजार ५०५ कित्ता शेयर सर्वसाधारणका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अधिनमा रही निष्काशन गरिने कम्पनीले जनाएको छ । पहिलो चरणमा निष्काशन हुने आठ करोड बराबरको आठ लाख कित्ताभन्दा बढी शेयर मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाका नागरिकका लागि हुनेछ ।

उक्त शेयर खरिद गर्न चाहने नागरिकका लागि बैंकमा डिम्याट खाता अनिवार्य गरिएको छ । ती गाउँपालिका र नगरपालिकाका नागरिकलाई अनिवार्य शेयर खरिद गर्नका लागि आह्वान गरिएको निर्माण कम्पनी अनक कन्ट्रक्शनका सञ्चालक नवीन महर्जनले बताए । त्यहाँका नागरिकले खरिद गरेका शेयर तीन वर्षसम्म बिक्री गर्न नमिल्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया