लुम्बिनी प्रदेशकी सांसद बिमला वलीले खोलिन मुख
मुख्यमन्त्री निवासमा मलाई यसरी बन्धक बनाइयो (पत्रसहित)

वुटवल । लुम्बिनी प्रदेशकी सांसद बिमला वलीले आफु नेकपा (माओवादी केन्द्र) मै रहेको फेरि दोहोराएकी छिन् । उनी आज नेकपा माओवादी केन्द्रका नेताहरुसँगै पत्रकार सम्मेलनमा सार्वजनिक भई आफुलाई एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भुमिश्वर ढकाल र स्थानिय नेता मानवहादुर राउतले आफ्नै निवास तुलसीपुरमा आएर एमालेमा लाग्न दवाव दिएको र भूमिश्वरले नेपालगन्ज जान लागेको र पुराईदिने भन्दै लगेर मुख्यमन्त्री निवासमा बन्धक बनाएर राखेको वताएकी छिन् ।
साउन १५ गते ११ वजे आफु नेपालगञ्ज जान लागेको समयमा सचेतक ढकाल सहित आएर आफु पनि नेपालगञ्ज जान लागेको र पुराईदिने भन्दै नेपालगन्जतिर जानुपर्ने गाडी एकैपटक वुटवल तिर लगेको र आफुले प्रतिवाद गर्दा गदै पनि मुख्यमन्त्रीसाग एकपटक भेटनुस भन्दै जर्वजस्ती मुख्यमन्त्री शंकर पोखरेलको निवासमा लगिएको वताएकी छिन् ।
त्यसपछि निवासमा पुराएपछि मुख्यमन्त्री शंकर पोखरेलले पनि एमालेम आउन भन्दै दवाव दिएको र मन्त्री बनाईदिने सम्मको प्रलोभन समेत देखाएको वताएकी छिन् ।
उनले त्यसमा आफुले इन्कार गरिरहेको तर साउन १६,१७,१८ गते सम्म मुख्यमन्त्रकिो निवासवाट वाहिर समेत निस्कन नदिई निरन्तर दवाव दिईरहेको उल्लेख गरेकी छिन् ।
पत्रकार सम्मेलनमा उनले पढेर सुनाएको वक्तब्यमा भनिएको छ,–‘ साउन १८ गते विज्ञेप्ती लेखेर मलाई पढ्नै नदिई जर्वजस्ती हस्ताक्षर गराइयो, यति मात्र नभई अर्काे दुई तिन ओटा माइनट जस्ता रजिष्टरमा पनि जर्वजस्ती हस्ताक्षर गराइयो । यति घटना गराईसकेपछि अव मलाई घर जान दिन्छन र वाहिर गएर यो जर्वरजस्ती खण्डन गछु भनेर सोचेको थिए, तर अझ कडाईका साथ साउन १९ गते देखि मुख्यमनत्री निवास भित्रै राखियो । २० गते विहान मलाई असह्य मानसिक पीडा भयो, यहावाट जसरी पनि निस्कनुपर्छ भनेर सोच बनाएर समय र परिस्थिती हेरी निस्कने तयारी गरे ।’
यो पनि: सांसद विमलालाई मन्त्रीको गाडीमा नेपालगञ्ज भनेर बुटवल पुर्याएपछि…
सांसद वलीले त्यसपछि साउन २० गते दिनको पौने १२ वजे सवै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर माओवादीको संसदीय दलको कार्यालयमा पुगे, त्यसपछि खुल्ला महसुस गरेको वताइन् ।
उनले एमालेले यस्तो अराजनैतिक र अनैतिक काम गर्ला भनेर आफुले नसोचेको तर ब्यवहार ठिक उल्टो पाइएको पनि वताइन् ।
हेर्नुहोस बिमला वलीको पत्र












कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
जनकपुरधाममा सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा
ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु
आजका लागि सागसब्जी र फलफूलको मूल्य
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया