काेराेनाका कारण बैदेशिक व्यापारमा समस्याः तुलाधर

काठमाडौं । दुई वा सो भन्दा बढी देशहरुबीच वस्तु तथा सेवाको खरिद बिक्रीको कारोबार हुने बैदेशिक व्यापार पछिल्लो समय राम्रो नभएको व्यवसायीले बताएका छन् ।
नेपाल युथ नेम्बरका अध्यक्ष दिपेश तुलाधरले बैदेशिक व्यापार विश्व अर्थतन्त्रसँग आवद्ध हुने प्रमुख माध्यम भएपनि आयात–निर्यातमा कोरोनाले प्रभाव पारेको बताएका छन् ।
मेरोन्यूजडटकमसँग कुरा गर्दै उनले नेपाल र भारतबीच खुल्ला सीमा र सशक्त भन्सार प्रणालीको अभावका कारण अवैध गरिकाले निकासी पैठारी हुने गरेको उल्लेख गरे । यद्धपी प्रशासनले अवैध निकासी पैठारी हुनुलाई कोरोनासँग जोड्ने दुखद भएको उनले बताए ।
उनले भने, ‘कोरोनाले विश्व अर्थतन्त्रमा समस्या परेका बेला नेपाल अछुतो नरहेपनि, सरकारी कर्मचारीद्वारा आयात निर्यातको वास्तविक सूचना तथा तत्थ्यांक उपलब्ध गराउन नसक्नुपनि बैदेशिक व्यापारको प्रमुख समस्या हो ।’
अध्यक्ष तुलाधरले निर्यातको तुलनामा आयात बढी भएकाले पनि बैदेशिक व्यापारमा घाटा बढ्दै जादाँ समस्या खडा भएको उल्लेख गरे ।

उनले थपे, ‘निकासीयोग्य वस्तुको अध्ययन, अनुसन्धान एंव पहिचान हुन नसक्नु, देशगत र वस्तुगत व्यापारमा विविधिकरण एंव वहुपक्षीय तथा क्षेत्रीय व्यापार सन्धी सम्झौताहरुबाट प्राप्त अवसरको उपयोग गर्न नसक्नु समस्या हो ।’
गत आर्थिक वर्ष २०७७/७८ मा १५ खर्ब ३९ अर्ब रुपैयाँको आयात हुनु र १ खर्ब ४१ अर्ब रुपैयाँको निर्यात हुँदा १३ खर्ब ९८ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा रहेको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार यो ४२ खर्ब ६६ अर्ब रुपैयाँ कूल ग्राहस्थ उत्पादनको ३२ दशमलब ७७ प्रतिशत हो । यस्तै चालु आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब रुपैयाँको ८४ दशमलव ८८ प्रतिशत हो । यस्तो व्यापार घाटा आर्थिक वर्ष २०७६/०७७ मा १० खर्ब ९९ अर्ब रुपैयाँ रहेको थियो ।
नेपालको बैदेशिक व्यापार घाटा बढी हुनुमा आयातमुखी प्रवृत्ति मुख्य कारण रहेको र त्यसमा भारतप्रति निर्भर हुन खोज्नु समस्या रहेको विभागको तथ्यांक छ । गत आर्थिक वर्ष २०७७/७८ मा भारतसँग ८ अर्ब ६५ करोड रुपैयाँ र चीनसँग १ खर्ब ३२ अर्ब रुपैयाँ व्यापार घाटा देखिएको छ ।
उल्लेखित तत्थ्यांकलाई जोड दिदै नेपाल युथ चेम्बरका अध्यक्ष तुलाधरले पेट्रोलिय पदार्थको आयात बढ्नु र नेपालको निर्यात व्यापार भरपर्दो र टिकाउयोग्य नहुनु पनि समस्या रहेको उल्लेख गरे ।

किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

















इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः मृत्यु हुनेको बालिकाको सङ्ख्या १४८ पुग्यो
Election materials transported by helicopter
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
4 days to HoR Election: pass arrangements for election day
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
पाकिस्तानको खैबर पख्तुनख्वामा आक्रमण : दुई दिनमा कम्तीमा २० जनाको मृत्यु
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
सहकारी ठगीविरुद्ध कांग्रेसको शून्य सहनशीलता नीति
प्रतिक्रिया