मानवअधिकार आयोगले भन्यो – युद्धप्रभावित मुलुकमा नेपालीको सुरक्षा र उद्धार सुनिश्चित होस्

काठमाडाैं । राष्ट्रिय मानवअधिकार आयोगले मध्यपूर्व क्षेत्रमा चर्किएको युद्धका कारण जोखिममा पर्न सक्ने नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएको छ।
आइतबार विज्ञप्ति जारी गर्दै आयोगले युद्धप्रभावित मुलुकमा रहेका नेपालीको अवस्थाप्रति गम्भीर चासो व्यक्त गरेको हो। ‘युद्धका कारण नेपालीहरूमा पर्न जाने असुविधाप्रति आयोग गम्भीर चासो र चिन्ता प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
आयोगले इरानमा भएको इजरायल–अमेरिकी आक्रमणपछि मध्यपूर्वी मुलुकहरूमा देखिएको अन्योलपूर्ण अवस्थाबाट त्यहाँ रहेका नेपाली नागरिकमा पर्न सक्ने प्रभावप्रति चिन्ता प्रकट गरेको छ। युद्धका कारण उत्पन्न असुविधा र जोखिमप्रति आयोगले गम्भीर ध्यान दिएको जनाएको छ।
राज्य नागरिकको अभिभावक भएको उल्लेख गर्दै विश्वका जुनसुकै मुलुकमा रहेका आफ्ना नागरिकको सुरक्षा, संरक्षण र आवश्यकताअनुसार उद्धार गर्नु राज्यको दायित्व भएको आयोगले उल्लेख गरेकाे छ । साथै पछिल्लो अवस्थाबारे आवश्यक जानकारी लिने तथा जोखिममा रहेका नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन तत्काल पहल गर्नुपर्ने आयोगको भनाइ छ।
सरकारले आफ्ना कुटनीतिक नियोगहरूको प्रभावकारी परिचालन गर्नुका साथै सम्बन्धित देशका गैरआवासीय नेपाली सङ्घ/सङ्गठनहरूसँग समेत समन्वय र सहकार्य गर्नु आवश्यक रहेको आयोगको भनाइ छ ।
‘अत: युद्धग्रस्त तथा प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र संरक्षणको लागि तथ्याङ्क सङ्कलन गरी जोखिमको आँकलन गर्न र अतिप्रभावित क्षेत्रमा रहेका नागरिकहरूको उद्धार गरी स्वदेश फर्काउन आयोग नेपाल सरकार तथा विदेशस्थित कुटनीतिक नियोगहरूलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया