कथा
अस्तु !

दुईचार नाटकमा सहायक पात्रमा सिमित जीवन यसपाली बन्ने ऐतिहासिक नाटकमा मुख्यपात्रको भूमिकाको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेर फर्कंदा मख्ख नपर्ने कुरै भएन । सम्झियो, हिरो बन्न उसले साचेका इच्छाका अवसानहरू, अनि यात्राका व्यवधानहरू । लाग्यो उसलाई अब मेरो भाग्यको उदय भयो । जसलाई रोक्न सानोतिनो बतासको जोर चल्दैन । ठूलो सुनामीले छोएजस्तो । अनेकन मनोवेगका सागरमा उ यस्तरी तौरिरहेको थियो । मानौँ उ भिमकाय पानी जहाजमा सयर भइरहेको छ । दुरबिनको सहायताले हेर्दा पनि सुरुका दृष्य धमिल भएजस्तै । उसले अनेकौ धुमिल चित्रहरु सम्झना गर्यो ।
कैयौँ दिनदेखि फेर्न नपाएको फाटेको तलुवा भएको जुत्ता उसले अब सुरुमा फेर्ने छ । त्यसपछि उसले आवश्यकता नं एक, दुई, तीन ….. गर्दै क्रमशः फेर्दै जाने क्रममा बिचतिर आफ्नो परिचय पनि फेर्ने छ । जसलाई उसले तत्कालैको आवश्यकताका भन्दा अलिकम प्राथमिकता दिइएको छ । तर, समयको बेग दुरततर भएको खण्डमा आवश्यकताका नम्बरहरू तलमाथि पर्न सक्ने ठम्याई उसले नगरेको होइन । त्यसैलाई मध्यनजर गरेर उसले आवश्यकताको बुँदाको अन्त्यमा तारो चिन्ह लगाउँछ, बाँकी केही लेख्दैन ।
कथंकदाचित कसैले उसको कोठामा छिरेर उसको टिपोट पढे छन् । भने पनि केही नबुझियोस् भनेर हरेक आवश्यकताहरू संकेतमा राखेको छ । जसलाई उ कहिले काहीँ रिर्हसल रोकेर पनि हेर्ने गर्दथ्यो । कतै, आवश्यकताको नम्बर परिवर्तन त भएन भन्दै । यद्यपि, यत्रो रिर्हसल सकेर नाटक मञ्चन भएपछि पनि मुस्किलले उसको प्रथमिकताको क्रम फेरिए । यसरी उसका केही नाटकहरू मञ्चित भएपश्चात पनि उसको नम्बर परिवर्तन हुन नसक्नु मामुली कुरा लाग्न छोड्यो उसलाई ।

अब जीवनले पात्र परिवर्तन मात्रै आफ्नो लक्ष्य होइन की भन्ने बोध गर्न थाल्यो । आफ्नो आवश्यकता फेर्दै जाने हो भने गर्नुपर्ने कामका सूची पनि सँगसँगै टिपोट गरेर सिरानीमुनि घुसार्यो । त्यसरात उ मस्तले निदाउन सक्यो, जस्ले गर्दा उ अब मिर्मिरेमै आफ्नो प्राथमिकता नं १ लाई पछ्याउन थाल्यो ।
बिहानको अर्लाम सेट गरे पनि कहिल्यै नसुनेको उ, आज पहिलो घण्टीमै बिउझियो । करिब आधा घण्टामै फ्रेस भएर हान्निदै पुग्यो रिर्हसलको सेटमा । जहाँ उसका सहकर्मी एकराउण्ड संवाद सकेर त्यसको समीक्षा गरिरहँदा बल्ल पुग्थ्यो उ, लुसुक्क छेउमा । आज भने उसले भित्तामा अडेको ठूलो ऐनामा यस्तरी हेर्यो की साँच्चिकै उ त रैतीको जदौ पर्खिएर बसेको हो ।
आफ्नो जुंगा बटार्दै पुरातन शैली जोगाउने विरासत आफ्नै जिम्मेवारी रहेझै गर्यो । केही बेरको ऐना हेराईमा उसले आफूलाई राम्ररी नियालेर हेर्न पायो । आज उसले आफ्नो भागको सम्वाद र अभिनयको आफै निर्देशन गर्यो । त्यसलाई मनैले रेर्कड गरेर पुनः दोहोर्यो ।
यसरी तेश्रो पटकको सिकाईमा बल्ल उसका सहकर्मी जोडिन आइपुगे रिर्हसलको पर्दा उघार्दै । यसपटक सबै कलाकार नाटकलाई अब्बल बनाउन कुनै कसर बाँकी नराखी मेहनत गरेकाले व्यवस्थापक, निर्देशक मख्खै थिए ।
समयमै पूर्ण तयारी सकेर राष्ट्रिय दिवसमा मञ्चन गर्ने उक्त नाटकको कुनै कमजोरी हुन नदिन सम्पूर्ण व्यवस्थापक तम्तयारै थिए । निर्देशक अझै हरेक पात्रको गहिराईमा डुबेर अभिनय गर्ने कला निखार्दै थिए । सबै कुरा सोचे झै भयो । नाटक मञ्चन भयो ।
नाटकले उधुमै सफलता हाँसिल गर्यो । नाटक हेर्न सहरका युवा युवतीमात्र होइन गाउँ-गाउँबाट समेत युवादेखि बुढा बुढीसम्मले नाटक घरको यात्रा गरे । त्यो नाटक हेर्न जाने मानिसले सार्वजानिक सवारी अनि ठाउँ ठाउँका होटलवाला समेतको व्यापार बढाइदिएको थियो । जनमानसमा कतिसम्म परेको थियो, भने उक्त नाटक नहेरेको मान्छेले जीवन बुझेकै छैन । यसरी उक्त नाटकले ऐतिहासिक सफलता हासिल गरेर रेर्कड नै राख्यो ।
त्यसपछि जीवनले पछाडि फर्केर कहिल्यै हेर्नु परेन । एकपछि अर्को पात्र र भूमिकामा र्चुर्लम्मै डुब्यो । ऊ के मात्रै भएन, किसिम किसिमका पात्रहरु, भेषभुषा, संस्कृतिका बिम्बहरू, संस्कारका प्रयोगहरू, विभिन्न वर्गीय चेतनाको रुपक आदी इत्यादी । अब यी सारा उपनाम र उपाधिले उसको आफ्नो परिचयलाई पत्रमाथि पत्र परेर जोगाई दिएनन् । हुँदा-हुँदा उसको असली रुप र नामले मान्छेले उसलाई चिन्नै छाडिसके । फरक, फरक भूमिकाको अभिनयमा पनि ऊ पोख्त थियो । उसको सजिव र जीवन्त अभिनयले हरेक पात्रले न्याय पाएका थिए ।
जहाँ जहाँ ऊ चिनिन्थ्यो । फगत उसका ती परिचय र पात्र लाई उ नाटकको स्टेजमा आफू को हुँ भन्ने भुलेरै प्रस्तुत भइदिन्थ्यो । यसरी ऊ आफै पनि तत् तत् पात्रमा यसरी डुबुल्की मारेछ की उसले समयको लामो यात्रा गरेको नै स्मरण हुन छाडेछ । यस्तो लाग्यो की उसको लागि आवश्यकता नं १ सधै नयाँ पात्र, परिवेश र प्रवृति हुन थालेको नै दशक पुगेछ । हुन पनि नयाँ नाटक परिवेश गर्नु पर्यो की हरेक निर्देशकको पहिलो रोजाई ऊ नै हुन्थ्यो । उसले हरेक निर्देशकका नयाँ नयाँ प्रयोगको शिल्पलाई सहजै तुल्याइदिन्थ्यो ।
अब उसका आवश्यकताका नम्बरहरु दिनहुँ थपिदै, परिवर्तन हुँदै गए । उसले आफ्नो परिचय पनि फेर्न भ्यायो । उसो त विभिन्न भूमिकामा अभिनय गर्दा गर्दै उसले आफ्नै वास्तविक परिचयसमेत धुमिल गराइसकेको थियो । अब ऊ सामान्य टोले हिरो पनि त रहेन । उसले उक्त नाटकपछि आफूलाई सोही सम्बन्धले चिनिइरहने लोभ जाग्यो । उसले खेलेका अनेकन नाटकका पात्रहरुको सम्बोधनले सम्वोधित हुन पाएकोमा मख्ख पनि छ ।
एकदिन नाटकमै थियो । तर यसपाली ऊ जीवन होइन अस्तुको रुपमा । यसपाली बोल्ने संवाद र अभिनय ऊ आफैले छनोट गर्ने छुट थियो उसलाई । पहिला पहिला उसलाई नलागेको होइन की यी युनिर्भसिटी ग्राजुयेट निर्देशकभन्दा मै राम्रो डायलग बनाउँछु । तर होस् अर्काको रोल किन हस्तक्षेप गर्नु भनेरै चुप हुन्थ्यो ।
यसपाली भने उसलाई अधिकार थियो । आफ्नो प्रतिभा देखाउन । हेर्यो, अनि मनमनले गम खायो । आफ्नाहरुूसँग मन खोलेर कुरा गर्न पाउँदाको आनन्द ।
आफूभन्दा बिस तिस मिटर पर भर्खरै चिताबाट उछिट्टाइएर बग्दै गएको सानो अस्तुको डल्लोलाई आफूनेर आउने संकेत गर्यो । सायद उसले सुनेन होला, होस् मै जान्छु । खोलाको छाल हुँत्तिदै आएर उसको गति बढाइदिँदै त्यो डल्लोको छेउमै पुर्याइदिन्छ । अनि सुरु हुन्छ उनीहरु बिचमा संवाद जसलाई प्रयोग गर्न निर्देशकको अनुमति चाहिदैन ।
डल्लो- ए …….तपाई………म के भनेर बोलाउ ?
ऊ – तपाईलाई जे भन्न मन लागेको छ, भन्दा हुन्छ । कुनै बन्धनको जालोले रोक्दैन अैले ।
डल्लो- तपाई को हो ?
ऊ – म को हुँ, भन्दा पनि म को होईन भन्ने भ्रममा मैले धेरै समय गुजारेको रहेछु ।
डल्लो -मतलब ?
ऊ – म को होइन, म सबै हुँ । म खेलाडी, पत्रकार, नेता, अभिनेता, जननेता, कलाकार, कर्मचारी हुँ । अझ कैले म डाँका, फटाहा पनि हुँ । साधु हुँ, सन्त, महन्त पनि हुँ । व्यापारी हुँ । दलाल, कार्यकर्ता, वकिल, न्यायाधिस् इत्यादी सबै हुँ ।
डल्लो – आहो ! खास तपाई को सत्य परिचय चाहि के हो त ?
यो प्रश्न सुनेर रनभुल्ल्मा परेको उ एकैछिनमा गम्भीर बन्छ । अनि आत्मविश्वास भरे झै गरी ‘अरु त म भन्न सक्दिन, अन्तिम सत्य चाहिँ जो म अहिले हुँ ।’
अस्तु !!!










दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक
निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल
मक्काबाट मदिना जाँदै गरेकाे बस डिजेलको ट्याङ्करसँग ठोक्किँदा ४२ भारतीयको मृत्यु
यी हुन् सबैभन्दा बढी कर तिर्ने करदाता
प्रहरीको आग्रह : एनपीएलको पहिलो दिनको टिकट बिक्री भइसक्यो, बाहिर भीड नगरौँ
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आफ्नो सम्पत्ति विवरण
प्रतिक्रिया