गृहमन्त्रीद्वारा तल्लो तहका प्रहरीको खानाबारे चासो
आफै फोन गरेर लिए जानकारी

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले तल्लो तहका प्रहरी जवानले तालिम गर्दा दिइने खानाबारे जिज्ञासा राखेका छन् । उनले शुक्रबार आफै तालिम दिइरहेका र लिइरहेका तल्लो तहका प्रहरी अधिकृत र जवानलाई फोन गरेर जानकारी लिएका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी तालिमकेन्द्र दिपायलमा तालिम दिइरहेका चार जना र लिइरहेका एक जनालाई फोन गरेर जानकारी लिएका हुन् । गृहमन्त्री खाँणले शुक्रबार दिपायल प्रशिक्षण स्थल बुडरमा तालिम दिइरहेका चार जनालाई टेलिफोन गरेर त्यहाँ उनीहरूलाई गरिएको व्यवस्था सरकारले प्रहरीलाई उपलब्ध गराएको रासनमा उल्लेख भए अनुरुप छ कि छैन भनेर सोधेका हुन् । खाँणले तालिम दिइरहेका प्रहरी निरीक्षक रणबहादुर चन्द, प्रहरी मेजर सुव्दार महेन्द्रराज गिरी, प्रहरी हवल्दार पदमबहादुर भण्डारी र प्रहरी जवान लोकेश विष्टलाई तथा तालिम लिइरहेका प्रहरी सहायक निरीक्षक सञ्जय धामीलाई टेलिफोन गरेका स्वकीय सचिव बिजेश न्यौपानेले जानकारी दिए ।
प्रहरी सहायक निरीक्षक धामीले गृहमन्त्रीले टेलिफोन गरेर तालिम केन्द्रमा भएको खानाको व्यवस्था अन्य प्रबन्ध, विषयबस्तु अनुरुपको तालिम भइरहेको छ कि छैन भनेर सोधेको जानकारी दिए । ‘गृहमन्त्रीज्यूले टोलिफोन गरेर तालिम केन्द्रमा भएको खानाको व्यवस्था, तालिममा उल्लेख भएका विषयबस्तु र सरकारको स्केल अनुरुपको खानाबारे जानकारी लिनुभयो,’ सहायक निरीक्षक धामीले भने ।
गृहमन्त्री खाँणले सरकारले दिएको सुविधा जीवन धान्न प्रयाप्त छ कि छैन ? खाना पौष्टिक छ कि छैन ? सरकारले दिएको स्केल अनुरुपको खाना छ कि छैन ? साथीहरू तालिममा बसेका बेलामा विरामी भएका छन् कि छैनन् ? केही असुविधा छ कि छैन ? भनेर जिज्ञासा राखेका थिए । स्वकीय सचिव बिजेश न्यौपानेका अनुसार तल्लो तहका प्रहरी अधिकृत र जवानको मनोबल बढाउन र सरकारले उपलब्ध गराएको सेवा सुविधा लक्षितसम्म पुगेको छ कि छैन भनेर आफैले जानकारी लिएका हुन् । उनीहरूको कुरा सुनेपछि केही थप्न पर्ने भए योजना बनाउने नपर्ने भएमा व्यवस्थित गराउने प्लान खाँणको छ ।
प्रहरीमा तल्लो तहका अधिकृत र जवानलाई आवश्यक पर्ने पौष्टिक तत्व नभएको खाना खुवाउने गरेको गुनासा आइरहन्थे । त्यसमा सत्यतथ्य के हो भनेर पनि मन्त्रीले आफै बुझेको सचिवालयले जनाएको छ ।
मन्त्री खाँणले तालिम राम्रोसँग गर्न र नागरिक सुरक्षा र राष्ट्र सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका थिए । ‘नागरिक सुरक्षा र राष्ट्र सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नुहोला । अन्य कुनै असुविधा भएमा भन्नुहोला भन्नुभयो,’ प्रहरी निरीक्षक चन्दले भने ।
अहिले सुदूरपश्चिम प्रदेश प्रहरी तालिमकेन्द्र दिपायलमा ३९५ जना प्रहरी जवानले तालिम गरिरहेका छन् । त्यस्तै ३० जना प्रहरी जवान (अनुसन्धान) जुनियर प्रहरी अधिकृत (अपराध अनुसन्धानतथा नियन्त्रण)मा ३० जनाले तालिम गरिरहेका छन् ।
















सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
प्रतिक्रिया