जसपाकाे ठाकुर पक्षले आज थप चार जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै, शीर्ष नेताले सम्वोधन गर्ने

काठमाडौं । पार्टी भित्र समानान्तर गतिविधी सञ्चालन गरेको जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षले आज थप ४ जिल्लामा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।
आज झापा, धनुषा, पर्सा र कैलालीमा कार्यक्रम आयोजना गरेको जसपाको ठाकुर पक्षका नेता केशव झाले जानकारी दिए ।
झापामा आयोजना हुने कार्यक्रमलाई केशव झा, सन्तोष मेहताले सम्वोधन गर्नेछन् । यस्तै धनुषामा महन्थ ठाकुर, राजेन्द्र महतो, उमाशंकर अरगरिया र वृषेश चन्द्र लालले सम्वोधन गर्दा पर्सामा शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल र बिमल श्रीवास्तवले सम्वोधन गर्नेछन् ।
कैलालीमा चन्द्रकान्त चौधरी, राजकुमार लेखी, दान बहादुर विश्वकर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता झाले बताए ।
निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिएपछि ठाकुर पक्ष समानान्तर गतिविधी सञ्चालनमा लागेको हो । यद्धपी सो समूहले जसपा छाडेको छैन ।
ठाकुर पक्षले शुक्रबार पहिलो दिन सिरहा, सप्तरी, महोत्तरी र बारामा अगुवा कार्यकर्ता भेला गरेको थियो । ठाकुर पक्षको यो भेलालाई नयाँ पार्टी गठनको मार्गचित्रका रुपमा लिइएको छ ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया