जसपाकाे ठाकुर पक्षले आज थप चार जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै, शीर्ष नेताले सम्वोधन गर्ने

काठमाडौं । पार्टी भित्र समानान्तर गतिविधी सञ्चालन गरेको जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षले आज थप ४ जिल्लामा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।
आज झापा, धनुषा, पर्सा र कैलालीमा कार्यक्रम आयोजना गरेको जसपाको ठाकुर पक्षका नेता केशव झाले जानकारी दिए ।
झापामा आयोजना हुने कार्यक्रमलाई केशव झा, सन्तोष मेहताले सम्वोधन गर्नेछन् । यस्तै धनुषामा महन्थ ठाकुर, राजेन्द्र महतो, उमाशंकर अरगरिया र वृषेश चन्द्र लालले सम्वोधन गर्दा पर्सामा शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल र बिमल श्रीवास्तवले सम्वोधन गर्नेछन् ।
कैलालीमा चन्द्रकान्त चौधरी, राजकुमार लेखी, दान बहादुर विश्वकर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता झाले बताए ।
निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिएपछि ठाकुर पक्ष समानान्तर गतिविधी सञ्चालनमा लागेको हो । यद्धपी सो समूहले जसपा छाडेको छैन ।
ठाकुर पक्षले शुक्रबार पहिलो दिन सिरहा, सप्तरी, महोत्तरी र बारामा अगुवा कार्यकर्ता भेला गरेको थियो । ठाकुर पक्षको यो भेलालाई नयाँ पार्टी गठनको मार्गचित्रका रुपमा लिइएको छ ।
प्रतिक्रिया