दिपकराज गिरीको सहयोगमा म यसरी अभिनयमा लागेँ

प्रोडुसर अनि कलाकार हुन् केशव न्यौपाने । कोभिड लकडाउनले सिंगो सिनेमा आक्रान्त बनाउँदा कलाकार न्यौपाने नयाँ योजनामा लाग्न सकेनन् । कारण, सिने क्षेत्र पनि करिब ठप्प जस्तै भएकाले । २ वर्षदेखि केही काम हुन सकेन । रेडियो कान्तिपुरमा नो टेन्सन कार्यक्रम चलाइरहेका उनी पछिल्लो समय केही म्युजिक भिडियोमा काम गरिरहेका छन् ।
दिपक दाइको संगतले कलाकार बनेँ
कलाकार बन्ने रहरले नै म यो क्षेत्रमा प्रवेश गरेको हुँ । रहरले सबै काम हुन सक्दैन । पहिला पहिला फिल्म क्षेत्रमा पैसा थिएन । अहिले मोलमोलाई हुन थालेको छ । केही आर्थिक प्रगति नभएकाले पनि फिल्म लाइनबाट बलियो हुन पाएका छन् । राम्रो काम गर्दा अवसर थुप्रै हुन्छ । कलाकारहरू एकदमै स्टायण्डर तरिकाले हिँडेका छन् । त्यो पेशागत बलियो हो । पहिला पहिला पर्दामा अनुहार देखाउने रहर सबैलाई हुन्थ्यो । अनुहार देखाउँदा ओहो तेरो अनुहार यो च्यानलमा हेरेँ नि, भन्ने होलान् भन्ने हुन्थ्यो । अहिले पेशागत परिवर्तनसँगै बलियो अवस्थामा पुगेका छौँ खुसी लाग्छ ।
२०६२/६३ सालमा रेडियो नेपालमा दिपक दाइ र दीपा श्री दिदीको सहजतामा पर्दामा देखिन थाले । म पनि गाई जात्रा हेर्दा हेर्दै यो लाइनमा छिरेको हो । गाइजात्रा राष्ट्रिय सभा गृहमा हुने बेलामा दिपक राज गिरी (दिपक दाइ)सँग मेरो भेट भयो । मेरो परिवार, नाता गोता कोही पनि कला क्षेत्रमा आएका छैनन् । तर मेरो इच्छा भएकाले दिपक दाइलाइ केही सम्भावनाको बाटो खोलिदिन आग्रह गरे । दिपक दाइ तितो सत्य पनि हेर्छु मैले भन्दै प्रशंसा गरे मैले । मेरो पनि पर्दामा खेल्ने इच्छा छ भन्दै अवसरको माग गरेँ ।
दाइले आफ्नो सेल नम्बर दिनुभो । मैले फ्लो गरे । मलाई तितोसत्यमा छिराउनु भयो । दाइले कान्तिपुर एफ एममा नो टेन्सनमा सहभागी गराउनु भयो । तितोसत्य, यातनाबाट सबैमा चिनिन थाले । म काठमाडौं बसेर एउटा अफिसमा काम गर्थे, डेरा भाडा तिर्न गाह्रो भएकाले अभिनयसँगै लेखनमा पनि लागे । लेखनमा विकास गरे, तितोसत्य, नो टेन्सनबाट । लेखनमा पनि डम्बर सरसँग धेरै कुराहरु सिक्न सके । फिल्म क्षेत्रमा लागेपछि, लेख्नलाई प्रोत्साहन दिने काम पनि दिपक दाइबाट भयो ।
कोरोना लडकाउनले समस्या
सरकारले अरु चिजहरुमा लुज गरेको छ । तर सिनेमा हल बन्द गरेको छ । सिनेमाबाट धेरै आत्मनिर्भर भएका छन् । सिनेमा हल बन्द हुँदा समस्या देखिएको छ । अन्तर्राष्ट्रिय सिनेमा हलिउड, बलिउड जस्तै लकडाउनमा पनि नेटबाट रिलिज गर्न सक्छौँ । तर बजार सानो भएकाले धेरै समस्या छ । अहिले सरकारले बजेट कार्यान्वयनमा दुविधामा पारेको छ, सिनेमा क्षेत्रको । प्राइभेसी समस्याले पनि अप्ठ्यारोमा पारेको छ । नेपालमा भर्खर अनलाइन सेवाको विकास हुँदै छ ।
यही लकडाउनदेखि नै अललाइन कक्षाले विकास गर्यो । म्युजिक भिडयो, गीत अन्तर्राष्ट्रिय क्षेत्रको जस्तै पूरा गर्न सक्दैनौँ । विभिन्न समस्या यो क्षेत्रमा छ । कोरोनाले गर्दा समस्या पारे पनि कोरोना हटेपछि सामान्य अवस्थामा फर्किने, सहजता हुनेमा दुविधा छैन । अझै पनि अनलाइनमा आएका गीत, वा अन्य क्षेत्रको सामाग्री विश्वव्यापी रुपमा लाग्न थालेका छन् ।

अनलाइनमा इन्भेष्ट गरेवापत मैले अलिकति कमाउँछु । अलिकति जम्मा गर्छु भन्ने सोचसँगै परिवर्तनको आवश्यकता छ । अहिलेसम्म आत्मविश्वासको मत नआएको हुनसक्छ । अनलाइनमा सबै फिल्मका लागि सुविधाहरु नहुन सक्छन् । फिल्म हेर्नभन्दा भिड गर्नेको संख्यामा बढावा, अनलाइनमा डाउनलोड गर्नेको संख्यामा बढावा भएकाले अनलाइन रिजिलद्वारा पैसा कमाायो भन्न सकिदैन । त्यसैले या लकडाउनको बेला यत्तिकै फिल्म रिलिज गराउन गारो अनलाइनमार्फत ।
कला क्षेत्रमा कलाकार
सबैजना आ-आफ्नो हिसाबले हेर्दा राम्रो हुनुहुन्छ । जोसँग जोडिन पुगियो, त्यही कलाकार मन पर्छ । त्यसैले दिपक राज गिरी, दीपा श्री निरौंला, जितु नेपाल, केदार घिमिरे (माग्ने बुढा), मलाई मनपर्छ । उहाँहहरुले मलाई मार्गदर्शन दिनु भयो । तिम्ले यसो गर्दा ठिक हुन्छ । कलाकार मात्र होइन लेखनमा पनि लाग्नुपर्छ भनेर सिकाउँनुभयो ।
मनपर्ने निर्देशक
जति फिल्म बनाउनु भयो, सबै हिट भाएको छ । उहाँकै समुहमा म छु । त्यसैले निर्देशकमा कलाकारको नाम लिएकै व्यक्ति दीपा श्री नै हो । आलोचना गर्नेहरु हुन्छन् । विश्वासको कुरा हो काम राम्रो देखाउनु भएको छ । यस्तै पूरानोमा शिव रेग्मी उहाँ नभए पनि उहाँलाई बिर्सन सक्दिन । राम्रो निर्देशक हुनुहुन्थ्यो । पछिल्लोमा एउटा मात्र चलचित्रको निर्देशन गर्नुभा निश्चल बस्नेत असाध्यै मनपर्छ ।
काम गर्दाको प्रशंसा
काम गर्दा प्रशंसासँगै गाली पनि पाइन्छ । राम्रो काम गरिस् भनेर प्रशंसा गर्दा मख्ख परिन्छ । तर फूल्नु भएन । त्यसले हानी गर्छ । पत्रकारिताको क्षेत्रमा काम गर्ने पत्रकारले समाचार, लेख राम्रो छ भनेर प्रतिक्रिया आउँदा फूल्नेतिर लाग्दा घाटा हुन्छ भनेझै हामी कलाकारमा आउने प्रतिक्रियादेखि चनाखो हुनुपर्छ ।
गाली गर्दा सहजै स्वीकार्ने र राम्रो गर्छु भन्ने प्रतिबद्धता जनाउने, प्रशंसा गर्दा नमात्तिने गर्नुपर्छ । उत्तरदायित्व सम्झनु पर्छ ।

प्रशंसामा मापन गर्ने चिज छैन । प्रशंसा भनेको काम हो । कलाकारले काम गर्दा शुरुमा नाम आउँछ । यो कलाकार कस्तो छ ? कस्तो अभिनय गर्छ प्रश्न आउँछ शुरुमा, त्यहाँ नामको भूमिका छ । कला क्षेत्रमा नाम आउँछ । हेर्नेले, सुन्नेले प्रशंसा गर्छन्, प्रशंसा पाउँदा स्वत खुसी लाग्छ ।
रुवाउनभन्दा हसाउन सजिलो
कुनै मान्छे हिलोमा लड्यो भने देख्ने मान्छे हास्छ । सिनअनुसार हसाउने रुवाउने पनि हुन्छ । दिपकराज गिरीले बनाएको फिल्ममा नहासी सुखै पाइँदैन । सरिता लामिछानेको पर्दामा नरुवाउने खालको कुनै सिन हुँदैन ।
कला र क्षेत्रअनुसार रुवाउने हसाउने हुने भएकाले सहज रुपमा अघि बढ्नु पर्छ । पछिल्लो समय रोना धोना खट्न थाल्यो ।
(किरण अधिकारीसँगको कुराकानीमा आधारित)
















NAAMP and Connect Kisan Sign MoU to provide digital agricultural advisory to farmers
आचारसंहिता उल्लंघन गर्ने ५१ दल तथा उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
नेपाल-कतार संयुक्त व्यवसाय परिषद्को बैठक सम्पन्न, द्विपक्षीय लगानी र व्यापार विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
नेपाल ‘ग्रे लिस्ट’मा पर्नु चुनौतीसँगै ठूलो अवसर पनि हो : गभर्नर पौडेल
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया